6 years ago
February 22, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ः३० बजेपछि सुरु हुने खेलमा विजेता टोली फाइनलमा प्रवेश गर्ने छ । आजको विजेता टोलीले फाइनलमा शनिबार सिवाईसी अत्तरियासँग उपाधिको लागि खेल्ने छ । पहिलो क्वालिफायरमा अत्तरियासँग ४१ रनले पराजित भएको काठमाडौं दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
यता एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्समाथि १ रनको रोमान्चक जित निकाल्दै क्वालिफायरमा स्थान बनाएको महेन्द्रनगर काजगी रुपमा सर्वाधिक बलियो टोली देखिएपनि मैदानमा भने प्रर्दशन खराव छ । समुह चरणको खेलमा महेन्द्रनगर काठमाडौंसँग ७ रनले पराजित भएको थियो ।
महेन्द्रनगरबाट सागर ढकाल, अभिनास बोहोरा, मोहम्मद नाविद, आनन्द सुब्रमनियम र अमरसिंह राउटेलाको प्रर्दशन जारी डिपिएलमा प्रर्दशन उत्कृष्ट छ । काठमाडौंबाट नन्दन यादव, राशिद खान, ललित नारायण राजवंशी, अंकित दवास, योगेन्द्रसिंह कार्कीले राम्रो प्रर्दशन गरिरहेका छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]