6 years ago
February 21, 2019
धनगढी(हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।
प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाउन सक्यो । महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकर ३८ बलमा २ चौका सहित २९ रनमा अविजित रहे ।
त्यस्तै अन्तिम तिर अंमरसिंह राउटेलाले २० बलमा १ छक्का र १ चौका प्रहार गर्दै रन १९ जोडे । भारतीय खेलाडी आनन्दले २० रन बनाए । आनन्दले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पहिलो ओभरको दोस्रो बलमै ओपनर दीलिप नाथलाई शुन्यमा गुमाएको थियो ।
दीलिपलाई ललितसिंह भण्डारीले सन्दीप सुनारबाट क्याच गराए । चौथो ओभरको तेस्रो बलमा मोहम्मद नाविदलाई बसन्त रेग्मिले विकेटकीपर विनोद भण्डारीबाट १८ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए ।
नाविदले १५ बलमा २ छक्का प्रहार गरे । पुनित मेहराले ११ ओभरको पहिलो बलमा आरिफ शेख,तेस्रो बलमा रोहित कुमार पौडेल र अन्तिम बलमा सिद्धान्त लोहनीलाई क्याच आउट गराएपछि रुपन्देही खेलमा फर्किएको थियो । जुन समय महेन्द्रनगर ६६-६ को को कमजोर अवस्थामा पुगेको थियो । आरिफ ११,रोहित २ र सिद्धान्त डक आउट भए ।
सातौं विकेटका लागि कप्तान शरद भेषवाकरले अमरसिंह राउटेलासँग ३९ रनको साझेदारी गर्दै सम्मानजक लक्ष्य सम्म पुर्याए । अभिनास बोहोरा ११ रनमा आउट भए । रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लए ।
पुनित मेहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।बसन्त रेग्मिले २ विकेट लिए । आजको विजेता टोलीले शुक्रबार क्वालिफायरमा काठमाडौं सँग खेल्ने छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]