default_image

6 years ago

February 21, 2019

थाइल्यान्डसँग नेपालको फराकिलो हार

108 views

0 Bookmark

एजेन्सी – आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोली थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । १ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ६७ रन बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले ४४ बलमा १ चौका प्रहार गर्दै सर्वाधिक २९ रन बनाइन् । नेपालले ओपनर काजल श्रेष्ठलाई पहिलो ओभरको अन्तिम बलमा ब्यक्तिगत १ रनमा गुमाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा नाट्या बुचाथमले रोमा थापालाई १ रनमा एलपी डब्लू आउट गरिन् ।

पाँचौ ओभरको दोस्रो बलमा कप्तान रुविना क्षेत्री ३ रनमा रन आउट हुन पुगेपछि नेपाल ८-३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि इन्दु बर्मा र सिता राना मगरले १५.४ ओभर सम्म ५४-४ को अवस्थामा पुर्याएपछि नेपालको हार पक्का बनेको थियो ।

सिता र बर्माले चौथो विकेटका लागि ११ ओभरमा मात्र ४६ रनको साझेदारी गर्न सके । विकेट बचाएर खेल्न खोज्दा नेपालले फराकिलो हार ब्यहोर्नु पर्यो । सिताा राना मगरले ३४ बलमा १ चौका प्रहार गर्दै १८ रनमा क्याच आउट भईन् ।

नेरी थापा २,सरिता मगर १ करुणा भण्डारलिे ३ रन बनाए । थाईल्यान्डका लागि सोरनार टिप्पोचले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । नाट्या बुचाथम,सुलेपोर्न लाओमी,चानिदा सुथिरुंगले समान एक एक विकेट लिए ।

त्यस अघि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । थाईल्यान्डका लागि मिडिल अडरकी चानिदा सुथिरुंगले सर्वाधिक ३५ रन बनाइन् । उनले २९ बलमा ३ चौका प्रहार गर्दै क्याच आउट हुन पुगिन् ।

थाईल्यान्डलाई ओपनर नरुमोल चवाई र नट्टकन चनतमले ६.२ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सातौं ओभरको पहिलो दोस्रो बलमा करुणा भण्डारीले नरुमोल चवाईलाई ३२ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाइन् ।

चवाईले २७ बलमा ३ चौका प्रहार गरिन् । लगतै आठौं ओभरको दोस्रो बलमा नेरी थापाले विकेटकीपर काजल श्रेष्ठबाट अर्की ओपनर चनतमलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काइन् ।

१२ ओभरको अन्तिम बलमा नाट्या बुचाथमलाई थापालेनै १२ रनमा क्याच आउट गराइन् । सोरनार टिप्पोच २ रनमा आउट हुदा वोन्गपका लियन्गप्रेशर्ट २८ रनमा अविजित रहिन् ।

नेपालका लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता कुवँरले ४ ओभरमा २८ रन खचेर २ विकेट लिदा करुणा भण्डारी र कप्तान रुविना क्षेत्री वेलवसेले समान १ विकेट हात पारे ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.