default_image

6 years ago

February 21, 2019

इंग्ल्यान्डले ३ सय ६१ रन पछ्याउँदा गेलको शतक खेर गयो !

110 views

0 Bookmark

एजेन्सी – ओपनर जोसन रोए र जो रुटले सानदार शतक प्रहार गरेपछि वेस्ट इन्डिजसँगको पहिलो वान डे खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ ।

क्रिस गेलको शतकको मदतले वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले मात्र ४ विकेटको क्षतिमा ८ बल अगाडीनै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जोसन रोएले सानदार शतक प्रहार गरे । रोएले मात्र ८५ बलमा १५ चौका र ३ छक्का प्रहर गर्दै १ सय २३ रन बनाए । त्यस्तै जो रुटले ९७ बलमा ९ चौका प्रहार गर्दै १ सय २ रनको महत्वपूर्ण योगदान दिए ।

कप्तान इयोन मोर्गनले ६५, जोनी बेयरस्टो ३४ रनमा आउट हुँदा बेन स्टोक्स २० र जस बटलर ४ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि जोसन होल्डरले २,ओसन थोमस र देबेन्द्र विशूले समान एक एक विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले क्रिस गेलको शतकमा निर्धातिर ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो । गेलले १ सय २९ बलमा १२ छक्का र ३ चौका प्रहर गर्दै १ सय ३५ रन बनाएपनि जितको लागि प्रायप्त रहेन । शाई होपले ६४, डरेन ब्राभोले ४०, जोन क्याम्पबेल ३०, शिम्रण हिटमर २०, एशले नर्स २५ र जोसन होल्डरले १६ रन बनाए ।

इंग्ल्यान्डका लागि बेन स्टोक्स,आदिल राशिदले समान तीन-तीन विकेट हात पार्दा क्रिश वोक्सले दुई विकेट लिए । पाँच वान डे खेलमा पाहुना टोली इंग्ल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार हुने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.