6 years ago
February 20, 2019
धनगढी(हाम्रो खेलकुद) – सिवाईसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटर खेल हुने छ । शुक्रबार एलिमिनेटरको विजेता र काठमाडौंबीच दोस्रो क्वालिफायर हुने छ । जसको विजेता उपाधिको लागि फागुन ११ मा अत्तरियासँग प्रतिसप्रर्धा गर्ने छ ।
१ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा समेटियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले तारिफ योग्य प्रर्दशन गर्न सकेनन् । पहिलो विकेटको रुपमा काठमाडौंले तेस्रो ओभरको तेस्रो बलमा अनिल कुमार शाहलाई शुन्यमा गुमाएको थियो।
चौथो ओभरको पहिलो बलमा महबुब आलम १ रनमा क्याच आउट भए । त्यस्तै पाँचौ ओभरको दोस्रो बलमा ज्ञानेन्द्र मल्ल ११ रनमा क्याच आउट परेपछि काठमाडौं दबाबमा परेको थियो । भुवन कार्कीले जयकिशन कोल्सावालाबाट क्याच गराउनु अघि ज्ञानेन्द्र ले ४ बलमा समान १ चौका र छक्का प्रहार गरे ।
ज्ञानेन्द्र आउट भएसँगै काठमाडौं १३/३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि भारतीय खेलाडी अंकित दवास र गौरभ तोमरले २६ रनको साझेदारी गर्दै काठमाडौंको इनिंग उकास्न खोजेका थिए ।
तर नवौं ओभरको पाँचौ बलमा दवास ६ रनमा रन आउट हुँदा र १४ औं ओभरको चौथो बलमा गौरभ तोमर २६ रनमा क्याच आउट भएपछि काठमाडौंको जित टाढा बनेको थियो । सन्दीप जोराको हातबाट क्याच हुनु अघि तोमरले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै योगेन्द्रसिंह कार्कीले ११,राशिद खान ४,विक्रम भुषाल ५ रनमा आउट भए । अत्तरियाका लागि सन्नी पटेलले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कमलसिंह ऐरी र भुवन कार्कीले समान २ विकेट लिदा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
त्यस अघि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । सन्नी पटेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रनमा आउट भए ।
कप्तान दिपेन्द्रले १४ ओभरको दोस्रो बलमा क्याच आउट हुनु अघि ३४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन बनाए । सुर्य तामाङले विकेटकीपर अनिल कुमार शाहबाट दिपेन्द्रलाई क्याच आउट गराएका थिए ।
पहिलो विकेटको रुपमा अत्तरियाले छैटौं ओभरको तेस्रो बलमा जय किशन कोल्सावालालाई अंकित दवासले नन्दन यादवबाट १३ रनमा क्याच गराए । लगतै अर्को बलमा रित गौतमलाई दवासले बोल्ड गरे ।
१४ औं ओभरको दोस्रो बलमा दिपेन्द्र क्याच आउट हुँदा चार बलपछि सुवेन्द्र पाण्डे पनि १६ रनमा विकेटकीपर शाहबाट क्याच हुन पुगे । जितेन्द्रसिंह ठकुरी ६ रनमा आउट हुन पुगे । काठमाडौंका अंकित दवासले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए ।
त्यस्तै सुर्य तामाङले ३ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै राशिद खान र योगेन्द्रसिंह कार्कीले समान एक एक विकेट आफ्नो नाममा लेखाए ।
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सामना गर्दैछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात […]