default_image

6 years ago

February 20, 2019

अत्तरियाद्धारा काठमाडौंसामु १ सय ११ रनको लक्ष्य प्रस्तुत

82 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो क्वालिफायर खेलमा सिवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई १ सय ११ रनको लक्ष्य दिएको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनायो । अत्तरियाका लागि भारतीय खेलाडी सन्नी पटेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रनमा आउट भए ।

कप्तान दिपेन्द्र सिंह ऐरीले १४ ओभरको दोस्रो बलमा क्याच आउट हुनु अघि ३४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन बनाए । सुर्य तामाङले विकेटकीपर अनिल कुमार शाहबाट दिपेन्द्रलाई क्याच आउट गराएका थिए ।

पहिलो विकेटको रुपमा अत्तरियाले छैटौं ओभरको तेस्रो बलमा जय किशन कोल्सावालालाई अंकित दवासले नन्दन यादवबाट १३ रनमा क्याच गराए । लगतै अर्को बलमा रित गौतमलाई दवासले बोल्ड गरे ।

१४ ओभरको दोस्रो बलमा दिपेन्द्र क्याच आउट हुँदा चार बलपछि सुवेन्द्र पाण्डे पनि १६ रनमा विकेटकीपर शाहबाट क्याच हुन पुगे । जितेन्द्रसिंह ठकुरी ६ रनमा आउट हुन पुगे । काठमाडौंका अंकित दवासले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै सुर्य तामाङले ३ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै राशिद खान र योगेन्द्रसिंह कार्कीले समान एक एक विकेट आफ्नो नाममा लेखाए । आजको विजेता टोली सोझैं फाइनल प्रवेश गर्ने छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.