9 years ago
April 22, 2016
जारी आइपिएलमा निकै रोमान्चक खेलमा बैंगलोरले पुने लाई १३ रनले हराएको छ ।
पहिले ब्याटिङ गरेको बैंगलोरले कप्तान कोह्ली र डि भिलिएर्सको १५५ रनको साझेधारीमा १८६ रनको लक्ष्य दिएको थियो ।
कोह्ली ले ८० र डि भिलिएर्स ले ८३ रन जोडेका थिए ।
जवाफमा उत्रेको पुनेको लागि ओपनिङ आएका डु प्लेसी टिक्न नसक्दा र पहिलो विकेटमा आएका केभिन पिटर्सन घाइते भएर रिटायार हर्ट हुँदा पुने १७२ रनमा रोकियो ।
अन्तिम २ ओभरमा २५ रन आवस्यक रहेको पुनेले परेराको पतन संगै खेल आफ्नो नियन्त्रणबाट गुमाएको हो । परेराले १२ बल खेल्दै ३ छक्का र ३ चौका को मद्धतले ३४ रन जोडेका थिए ।
ओपनर राहानेले ६१ रनको योगदान दिए भने कप्तान धोनी ले ४१ रन जोडे ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]