6 years ago
February 19, 2019
धनगढी (हाम्रो खेलकुद) – सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।
अत्तरियाले क्वालिफायरमा भोली (बुधवार) काठमाडौंंसँगनै खेल्ने छ । ५ खेलमा अत्तरियामा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा रहेर क्लाफायर पक्का गर्यो । त्यस्तै काठमाडौंले ५ खेलमा ३ मा जित र १ मा हारका साथ ७ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने छ । तेस्रो स्थानमा रहेको रुपन्देही र महेन्द्रनगरबीच विहिवार एलिमिनेटर खेल हुने छ । एलिमिनेटरको विजेता टोली भोली पराजित हुनेसँग दोस्रो क्लालिफायर खेल्ने मौका पाउने छ ।
सामान्य ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । अत्तरिया सहज जितमा ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ३३ रन बनाए । १५ औं ओभरको चौथो बलमा योगेन्द्र सिंह कार्कीबाट क्याच आउट हुनु अघि कोल्सावालाले ४२ बलमा ५ चौका प्रहार गरे । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३ चौका प्रहार गर्दै २० रन र सन्दीप जोरा ७ मा अविजित रहे ।
कोल्सावालाले पहिलो विकेटका लागि सुवेन्द्र पाण्डेसँग २५ रनको साझेदारी गरेका थिए । सातौं ओभरको पहिलो बलमा ललित नारयण राजवंशीले बोल्ड आउट गर्नु अघि पाण्डेले १७ बलमा ५ रन जोडे । प्रेम तामाङले २३ बलमा १ छक्का सहित १० रन बनाउँदै क्याच आउट भए । काठमाडौंका ललित नरायण राजवंशी,सुर्य तामाङ र राशिद खानले समान एक एक विकेट लिए ।
त्यस अघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले निर्धारित २० ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए ।त्यस्तै योगेन्द्र सिंह कार्की १३ र अंकित दवासले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
सुरुवाती १० ओभरमा काठमाडौं २६-२ को कमजोर अवस्थामा थियो । पहिलो विकेटको रुपमा काठमाडौंले दोस्रो ओभरको अन्तिम अनिल कुमार शाहलाई ५ रनमा गुमाएको थियो । अनिललाई भुवन कार्कीले जयशिकन कोल्सावालाबाट क्याच गराए ।त्यस्तै तेस्रो ओभरको चौथो बलमा गौरभ तोमरलाई सन्नी पटेलले १ रनमा एलपी डब्लू आउट गरेपछि काठमाडौं सुरुवातमै दवावमा परेको थियो । १२ औं ओभरको चौथो बलमा रामनरेश गिरीले भारतीय खेलाडी अंकित दवासलाई १० रनमा बोल्ड गरेपछि काठमाडौं सस्तैमा समेटिने निश्चित जस्तै बनेको थियो ।
कााठमाडौंले १५ ओभरमा मात्र ५३ रन जोडेको थियो । १६ ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि योगेन्द्रसिंह कार्कीले १२ बलमा समान एक चौका र छक्का प्रहार गर्दै १३ रन जोडे । सोनु तामाङ र नन्दन यादवले समान एक रन जोड्दा राशिद खान ३ रनमा नट आउट रहे
।अत्तरियाका लागि दिपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीलेले २,भुवन कार्की र सन्नी पटेलले समान एक एक विकेट लिए ।
April 23, 2025
एजेन्सी –इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित हात पार्दा लिगको तेस्रो स्थानमा उक्लिएको छ। मुम्बईले आज सनराइजर्स हैदरबादलाई ७ विकेटले माथ दियो। जितको लागि १ सय ४४ रनको सहज विजय लक्ष्य मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। रोहित शर्माले ४६ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए। […]
April 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराईज हैदराबादसँगको खेलमा टस जितेको छ।टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। मुम्बई ८ अंकसहित तालिकाको छैटौं र हैदराबाद ४ अंकका साथ नवौं स्थानमा छ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]