default_image

6 years ago

February 19, 2019

डिपिएलका सद्भावना दुत रोड्सलाई डिसिएको विदाई

56 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ का सद्भावना दुत दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सलाई डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डिपिए) ले मंगलबार विदाई गरेको छ ।

जोन्टी रोड्स (दायाँ)लाई विदाई गर्दै डिसिएका अध्यक्ष सुवाश शाही ।

डिसिएका अध्यक्ष सुवास शाहीले रोड्सलाई नेपाली ढाका टोपी लगाउनका साथै उपहार दिएर विदाई गरे । डिपिएल सुरु हुनुअघि नै रोड्स धनगढी आइपुगेका थिए ।

रोड्सका को पहलमा डिपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने १४ सदस्यीय यू १९ क्रिकेट टोली डिपिएल राइजिङ स्टारले अर्को वर्ष दक्षिण अफ्रिका भ्रमण गर्ने भएको छ ।

रोड्स डिपिएलको प्ले अफमा पुग्न सफल सिवाईसी अत्तरियाका मेन्टर पनि रहेका थिए । धनगढीबाट आज काठमाडौं फर्कने रोड्स भारतको मुम्बई हदै दुबई जाने बताइएको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.