6 years ago
February 19, 2019
धनगढी (हाम्रो खेलकुद)– डिपिएल इमर्जिङ स्टार यू-१९ टोलीले अर्को वर्ष दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ को प्रदर्शनका आधारमा १४ युवा खेलाडी छनोट गरिने बताइएको छ ।
डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको हो । डिपिएलको समाप्तीपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने बताइएको छ । डिपिएल शनिबार सकिनेछ ।
डिपिएलका सद्भावना दुत दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीका लागि भ्रमण महत्वपूर्ण हुने बताएका छन् । डिपिएल इमर्जिङ स्टारले दक्षिण अफ्रिका प्रान्तिय र स्थायिन उमेर समूहका खेलाडीको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
डिसिएका अध्यक्ष सुवास शाहीले डिपिएल खाली दुई साताको प्रतियोगितामा मात्र सिमित नहुने र दीर्घकालिन योजनाका साथ काम गरिने बताए । स्पोर्टस एडका अभिषेक केसीले भ्रमणका लागि ४० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको बताएका छन् । छनोट हुने खेलाडीलाई पनि आर्थिक भार नपारिने केसीले प्रष्ट पारेका छन् ।
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको ४७ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको […]
April 28, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज टस जितेको छ। दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँगको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेको छ। ८ खेलमा १२ अंकसहित गुजरात दोस्रो स्थानमा छ । ९ खेलमा मात्र ४ अंक जोडेको राजस्थान नवौं स्थानमा छ।
April 27, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]