default_image

6 years ago

February 19, 2019

मलेसियामाथि नेपालको सहज जित

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विकेटकीपर क्रिष्टिना बारेटले २९ बलमा १ चौका प्रहार गर्दै २१ रन बनाउन सकिन् । त्यस्तै विन्फ्रिड दुराइसिङ्गमले ३० बलमा १८ र साषा आजमीले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । मास एसिला ६,वान जुलिया ८,जुमिका आजमी ३ रनमा आउट भए ।

नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सरिता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट हात पारिन् । सिता राना मगर र कविता कुवँरको नाममा पनि एक एक विकेट रह्यो ।

त्यसअघि नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे । बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । नेपालको लागि ओपनर सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रन बनाइन् । ओपनर काजल श्रेष्ठले २९ बलमा ३ चौका प्रहार गर्दै १६ रनको योगदान दिइन् ।

ओपनरद्वय सिता र काजलले ७.५ ओभरमा ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । इन्दु बर्माले १४ बलमा १ चौकासहित १३ रन जोडिन् । दोस्रो विकेटका लागि सितासँग २६ रनको साझेदारी गर्दै इन्दु १२ औं ओभरको अन्तिम बलमा क्याचआउट भइन् । त्यसपछि कप्तान रुविना क्षेत्री बेलबसे र सिताले १६ बलमा २५ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई १ सय रनको आँकडा नजिक पुर्याए । सिता १५ औं ओभरको चौथो बलमा बोल्ड भइन् ।

रुविनाले आक्रामक ब्याटिङ गर्दै २५ बलमा नटआउट ३३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । नेरी थापा १३ बलमा ६ रन जोड्दै रनआउट भइन । ममता चौधरी कुनै बल नखेल्दै रनआउट भइन ।सरिता मगरले १ बलमा १ रन जोडिन् । मलेसियाका लागि जुमिका आजमी, साषा आजमी र विन्फ्रिड दुराइसिङ्गमले १-१ विकेट हात पारे ।

छनोटमा प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.