default_image

6 years ago

February 19, 2019

सिता र रुबिनाको उत्कृष्ट ब्याटिङ, मलेसियालाई १ सय २७ रनको लक्ष्य

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई १ सय २७ रनको लक्ष्य दिएको छ । नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे ।

कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगर (दायाँ)

बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय२६ रन बनायो । नेपालको लागि ओपनर सिता राना मगरले उत्कृष्ट ब्याटिङ गरिन् । सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रन बनाइन् । ओपनर काजल श्रेष्ठले २९ बलमा ३ चौका प्रहार गर्दै १६ रनको योगदान दिइन् ।

ओपनरद्वय सिता र काजलले ७.५ ओभरमा ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । इन्दु बर्माले १४ बलमा १ चौकासहित १३ रन जोडिन् । दोस्रो विकेटका लागि सितासँग २६ रनको साझेदारी गर्दै इन्दु १२ औं ओभरको अन्तिम बलमा क्याचआउट भइन् । त्यसपछि कप्तान रुविना क्षेत्री बेलबसे र सिताले १६ बलमा २५ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई १ सय रनको आँकडा नजिक पुर्याए । सिता १५ औं ओभरको चौथो बलमा बोल्ड भइन् ।

रुविनाले आक्रामक ब्याटिङ गर्दै २५ बलमा नटआउट ३३ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । नेरी थापा १३ बलमा ६ रन जोड्दै रनआउट भइन । ममता चौधरी कुनै बल नखेल्दै रनआउट भइन ।सरिता मगरले १ बलमा १ रन जोडिन् । मलेसियाका लागि जुमिका आजमी, साषा आजमी र विन्फ्रिड दुराइसिङ्गमले १-१ विकेट हात पारे ।

मलेसियाले सोमबार भएको पहिलो खेलमा कुवेतलाई ६३ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । छनोटमा ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ ।

यो पनि पढ्नुहोस : एक छनोट, दुई विश्वकप र महिला क्रिकेटको भविष्य

April 28, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज टस जितेको‌ छ। दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँगको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेको छ। ८ खेलमा १२ अंकसहित गुजरात दोस्रो स्थानमा छ । ९ खेलमा मात्र ४ अंक जोडेको राजस्थान नवौं स्थानमा छ।

April 27, 2025

आरसिबी शीर्षस्थानमा उक्लियो

एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।‌ आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]

April 27, 2025

आरसिबीलाई दिल्लीको मध्यम लक्ष्य

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसिबी) लाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको छ।दिल्लीले खुलेर ब्याटिङ गर्न सकेन । टोलीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए। ओपनर अभिषेक पोरेलले […]

Success

Thank you for your time.