6 years ago
February 19, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्स र सिवाईसी अत्तरिया भिड्दै छन् ।
खेल दिउँसो १ बजेपछि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । शीर्ष दुई टोलीको पनि यहि खेलको नतिजाबाट टुङ्ग्यो लाग्ने छ । काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्ल र अत्तरियाको दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् ।
काठमाडौं शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित बन्दा अत्तरियाको पनि उच्च संभावना छ । काठमाडौंले ४ खेलमा ३ जितका साथ ७ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भए ९ अंकका साथ शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्ने छ भने पराजित भएपनि दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्न पाउने छ । काठमाडौंलाई अपराजित यात्रा कायमै राख्ने अर्को चुनौती पनि छ ।
अत्तरियाले ४ खेलमा ३ मा जित र १ मा हारका साथ प्ले अफमा स्थान बनाई सकेको छ । अत्तरिया विजयी भए ८ अंकका साथ शिर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने छ । अत्तरिया पराजित भए नेट रनरेटका आधारमा रुपन्देही र अत्तरिया मध्य एक टोलीले क्वालिफायर खेल्न पाउनेछन् । नेट रनरेटमा अत्तरियाको बलियो हुँदा सामान्य अन्तरले पराजित हुँदा पनि क्वालिफायर खेल्ने उच्च संभावना देखिन्छ ।
काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा महेन्द्रनगरलाई ७ रनले हराउँदा बर्षाको कारण तेस्रो खेलमा विराटनगरसँग अंक बाँड्यो । चौथो खेलमा रुपन्देहीलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा रहेर क्वालिफायर खेल्ने पक्का गरेको थियो । जारी डिपिएलमा काठमाडौंबाट भारतीय खेलाडी अंकित दवास, विक्रम भुषाल, नन्दन यादव, राशिद खान, ललित नारायण राजवंशीले उत्कृष्ट प्रर्दशन गरि रहेका छन् ।
अत्तरियाले पहिलो खेलमा धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीलाई ३९ रनले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा महेन्द्रनगरसँग ७ विकेटले पराजित हुँदा चौथो खेलमा विराटनगरलाई १० रनले हरायो । जारी डिपिएलमा अत्तरियाबाट भारतीय खेलाडी सन्नी पटेल,जयकिशन कोल्सावाला, कप्तान दिपेन्द्रसिंह ऐरी, दिपेन्द्र राउत र भुवन कार्कीको प्रर्दशन उत्कृष्ट रहेको छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]