6 years ago
February 18, 2019
धनगढी –हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान सन्नी पटेल र जय किशन कोल्सावालाले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को १४ औं खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अत्तरियाले जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गर्न सकेको हो ।
सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।
ओपनर जितेन्द्रसिंह ठकुरी र कोल्सावालाले ९।३ ओभरमा ५३ रनको साझेदारी गर्दै अत्तरियालाई राम्रो सुरुवात दिलाएका थिए । जारी डिपिएलमा ओपनरहरुले गरेको यो उच्च साझेदारी हो ।
यी दुईीचको साझेदारी शुसन भारीले ठकुरीलाई असद उल्लाह खानबाट उत्कृष्ट क्याच गराउँदै तोडेका थिए । ठकुरीले २७ बलमा १ चौका सहित १३ रन जोडे । ११ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई ३ रनमा क्याच गराए ।
सांसद सेख ले जोरालाई करणबाट क्याच गराएका थिए । त्यस्तै १३ ओभरको पाँचौ बलमा दिपेन्द्रसिह ऐरी १० रनमा रन आउट हुन पुगे । विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । प्ले अफमा स्थान बनाउन लागि दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]