6 years ago
February 18, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको १३ औं खेलमा रुपन्देही च्यालेनजर्सले धनगढी स्टार्सलाई जितको लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनायो । हुस्सु लागेको कारणका निर्धारित समय भन्दा झन्डै डेढ घण्टापछि सुरु हुँदा खेल १५ ओभरमा झारिएको थियो । रुपन्देहीका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले २४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै विनोद भण्डारीले २५ बलमा २ चौकाको सहयोगमा २४ रन जोडे ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा प्रदीप ऐरीलाई आमिर हायतबाट क्याच गराउँदै शून्यमा आउट गरे । त्यस्तै तेस्रो ओभरको पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का हानेका बाबर हायतलाई सोमपालले चौथो बलमा भने आमिर हायतबाट क्याच गराउँदै १९ रनमा पेभिलिएन फर्काए । बाबरले १० बलमा १ चौका र २ छक्का प्रहार गरे ।
बाबर आउट भएसँगै रुपन्देहीलाई प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्याउन विनोद भण्डारी र सुमित महर्जनले ५७ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे । सुमितलाई १० औं ओभरको पाँचौ बलमा रोहन मुस्तफाले सन्दीप रजालीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । लगत्तै ११ औं ओभरको अन्तिम बलमा विपिन खत्रीले पवन सरार्फबाट क्याच आउट गराए । भिम सार्की २, पुनित मेहेरा ६ र बिक्रम शोव ११ रनमा आउट भए ।
धनगढीका सोमपाल कामीले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । त्यस्तै बिपिन खत्री र पवन सरार्फले समान २-२ लिए । रोहन मुस्तफा र आमिर हायत नाममा समान १ विकेट रह्यो । रुपन्देहीलाई प्ले अफमा स्थान बनाउन आजको खेल जित्ने पर्ने हुन्छ । समुह चरणबाटै बाहिरिसकेको धनगढीले कुनै खेल नजितेको हुँदा साखको चिन्ता छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]