6 years ago
February 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानले विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा मेलवर्न रेनेगड्सबीरुद्ध घातक बलिङ गरेका छन् ।
रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे । सन्दीपको गुग्लीमा कुनै पनि ब्याट्समयान खुलेर खेल्न सकेनन् । घातक बलिङ गरेपनि विकेट भने सन्दीपले लिन सकेनन् ।
टस जितेर पहिला बलिङ राजेको मेलर्वनले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो ब्याक्तिगत पहिलो ओभरमा मात्र २ रन खर्चे । चार बल डट र एक एक रन दिए । सन्दीपले ९ औं ओभरमा र १ चौका,एक सिंग्ल र १ वाईका रुपमा मात्र ६ रन खर्चिए ।
१२ औं ओभरमा सन्दीपले ३ रन मात्र खर्चे । तीनै रन सिंगलका रुपमा दिदा भने अरु तीन बल डट गराए । सन्दीपले १५ औं ओभरमा ६ रन खर्चिदै यस सिजनको बिग ब्यास सकाए । रेनेगेड्सले यो समचार तयार पार्न सम्म १५ ओभरमा ५ विकेटको क्षतिमा ९१ रन बनाएको छ ।
यो सँगै सन्दीपले यस सिनजनको विग ब्यासमा ८ खेलमा ११ विकेट आफ्नो नाममा लेखाउन सफल भएका छन् ।
April 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराईज हैदराबादसँगको खेलमा टस जितेको छ।टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। मुम्बई ८ अंकसहित तालिकाको छैटौं र हैदराबाद ४ अंकका साथ नवौं स्थानमा छ।
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित दर्ता गर्न सफल भएको छ । दिल्लीले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित दर्ता गर्यो । जितको लागि १ सय ६० रनको चुनौति दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए […]
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विराटनगरमा तेस्रो एमएम कप क्रिकेट प्रतियोगिताको यसै साता सुरु हुने भएको छ। लामो समयदेखि विभिन्न कारणहरुले प्रतियोगिता भएको थिएन ।कोशी प्रदेशको राजधानी विराटनगर स्थित बैजनाथपुर क्रिकेट रंगशालामा एमएम कप वैशाख १३ गते देखि २० गतेसम्म आयोजना हुने भएको छ। ५० ओभरको एमएम कप क्रिकेट पहिलो पटक २०७५, दोस्रो पटक २०७६ सालमा […]