6 years ago
February 16, 2019
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान कुसल परेराले अविश्वसनीय ब्याटिङ प्रदर्शन गर्दै नटआउट १ सय ५३ रन जोडेपछि दक्षिण अफ्रीकाविरुद्ध पहिलो टेस्टमा श्रीलंकाले १ विकेटको जित दर्ता गरेको छ ।
अन्तिम विकेटका लागि परेराले विश्व फर्नान्डोसँग नटआउट ७८ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । अन्तिम दिनको खेलमा ३ सय४ रनको लक्ष्य पछ्याइरहेको श्रीलंका एक समय २२६-९ को स्थितिमा पुगेको थियो । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका परेराले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई जित दिलाए ।
परेराले २ सय बलको सामना गर्दै १ सय ५३ रन जोडे । उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए । उनलाई २७ बलमा ६ रन जोडेर फर्नान्डोले राम्रो साथ दिए । त्यसअघि ११०-५ को स्थितिमा रहेको श्रीलंकालाई धनन्जय सिल्भा र परेराले छैटौं विकेटका लागि ९६ रनको साझेदारी गर्दै उकासेका थिए । सिल्भाले ७९ बलमा ६ चौकासहित ४८ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए ।
डुएन ओलिभिएर र डेल स्टेनले २-२ तथा भर्नन फिलान्डर र कागीसो राबाडाले १-१ विकेट हात पारे । पहिलो इनिङस्मा १ सय ९१ रनमा अलआउट भएको श्रीलंकाले जितको लागि ८५.३ ओभर ब्याटिङ गर्यो । दक्षिण अफ्रिकाले पहिलो इनिङसमा २ सय ३५ र दोस्रोमा २ सय ५९ रन जोडेको थियो ।
यस जितसँगै श्रीलंकाले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट फेब्रुअरी २१ देखि सुरु हुनेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]