default_image

6 years ago

February 16, 2019

रुस्लान डिपिएल – विराटनगर र काठमाडौंले अंक बाडें

62 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएलको) को नवौं खेल अन्तरगत विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सले मैदान हिलो भएको कारण खेल हुन नसक्दा १-१ अंक बाडेंका छन् ।

शुक्रबार परेको पानीले मैदानमा खेल्न योग्य नभएपछि दुबै टोलीले अंक वाड्न बाध्य भएका हुन् । यो अंक बाडेंसँगै काठमाडौं तीन खेलबाट ५ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । मैदानमा अहिले पनि पानी सुकाउने कार्य जारी छ ।

पुन पानी नपरे घाम लागेको अवस्थामा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सबीचको खेल ओभर छोटाएर हुनसक्ने अनुमान गरिएको छ । यदी आजको खेलमा यी दुई टोलीबीच पनि अंक बाडें साविक विजेता धनगढी समुह चरणबाटै बाहिरिने छ ।

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

Success

Thank you for your time.