6 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलुकद) – ‘एनसिएल’ वुमन्स टी-२० क्रिकेट लिग चैत पहिलाे साता हुने भएकाे छ । अायाेजक एनसिएल प्रालिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै एनसिएल’ वुमन्स टी-२० क्रिकेट लिग चैत १ गतेबाट ९ गतेसम्म हुने जानकारी गराएकाे हाे ।
विराटनगरकाे बैजनाथपुर क्रिकेट रंगशालामा हुने प्रतियाेगितामा चार शहरका चार फ्रेन्चाइज टाेलीले प्रतिस्पर्धा गर्ने एनसिएलका प्रवन्ध निर्देशक जय राज रायले जानकारी गराए । प्रवन्ध निर्देशक रायले चार शहरकाे नाम, मार्की खेलाडी र पुरस्कार राशि छिट्टै ताेकिने बताए ।
राउन्ड राेविन लिगकाे अाधारमा हुने प्रतियाेगिताकाे शीर्ष टाेलीले फाईनलमा स्थान बनाउनेछ । दाेस्राे र तेस्राे स्थानकाे टाेलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । टिमका लागि खेलाडी छनाेट अक्सनबाट हुनेछ । अक्सनका लागि खेलाडीकाे ग्रेडिङ गरिने अायाेजकले जनाएकाे छ ।
महिला राष्ट्रिय टिमका प्रशिक्षक विनाेद दासले दुई दिन अघि महिला लिगकाे बारे केही नसुनिएकाे र दुई दिनकाे अन्तरमा दुई महिला फ्रेन्चाइजी लिग हुनु खुशीकाे कुरा रहेकाे बताए । ‘याे केवल शुरुवात मात्र हाे । नेपाली महिला क्रिकेटकाे लागि याे खुशीकाे कुरा हाे । मैले टी-२० स्मासपछि नै महिला लिगकाे बारे कुरा राखेकाे थिए । दुई दिनै दुई महिला फ्रेन्चाइजी लिगकाे घाेषणा हुनु राम्राे पक्ष हाे’, प्रशिक्षक दासले भने, ‘क्रिकेटका सम्पूर्ण सरोकारवालाहरुलाई पनि अाग्रह छ। हामी सबै एक ढिक्का भएर बढ्नुपर्ने समय अाएकाे छ। अबकाे समय बिकासकाे समय हाे। हामी हाम्राे लक्ष्यमा एक पाईला मात्रै पछि छाैं । त्याे पाईला पूरा हुनेमा अाशावादी छाैं ।’
महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री वेलवासेले दुई दिनमा दुई महिला लिगकाे मिति घाेषणा हुनु खुशीकाे कुरा रहेकाे बताईन् । ‘एक समय यस्ताे थियाे, चाहेर पनि हामीले खेल्नबाट वञ्चित हुनुपर्ने अवस्था थियाे। अाज दुई प्रतियाेगिताकाे मिति घाेषणा भएकाे छ, कप्तान रुविनाले भनिन्, ‘अहिले पनि राष्ट्रिय टिमका एक दुई खेलाडी बाहेक अन्यकाे नाम चिन्न गार्हाे हुन्छ । अब ट्यालेन्ट देख्न पाउनुहुनेछ । हामी घरेलु लिग खेल्न उत्साहित छाै ।’
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]