6 years ago
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ । आजको भएको फाइनलमा खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
होबार्टले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मेलबर्नले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मेलवर्नलाई फाइनलमा पुर्याउन कप्तान ग्लेन म्याक्सवेलले ३३ बलमा ४ चौका सहित ४३ रनमा अविजित रहे । त्यस्तै सीब गोच ३३ रनमा नट आउट रहे । त्यस्तै पिटर ह्यान्डकम्वसले २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए । मार्कस स्टोइनीस र निक मडिन्सनले समान समान १८ रनको योगदान दिए । होबार्टका लागि अहमदले ३ र जोफ्रा आर्चरले १ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको होबार्टले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । उसका लागि बेन मैकडरमोटले ४२ बलमा २ चौका सहित सर्वाधिक ५३ रन बनाए । डार्सी सर्टले २१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाए । त्यस्तै जर्ज बेलीले ३७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुलन सकेनन् ।
मेलबर्नका लागि ड्यानियल वोरर्लले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ड्वेन ब्राभो र मार्कस स्टोइनिसले समान एक एक विकेट लिए । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चिँदा कुनै विकेट लिन सकेनन् । अब फाइनलमा मेलवर्नले भोली हुने अर्को सेमिफाइनल खेलमा सिड्नी सिक्सर्स र मेलबर्न रेनेगेड्सको विजेतासँग आगमी आइतबार खेल्ने छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]