6 years ago
February 14, 2019
काठमाडौं (हाम्रो खेलुकद) – विगत चार वर्षयता नेपालमा पुरुष क्रिकेटमा फ्रेन्चाइज लिग निरन्तर भइरहेको छ । नेपालमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले सुरुवात गरेको फ्रेन्चाइजी लिग धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पछिल्लोपटक पोखरा प्रिमियर लिग (पिपिएल) सम्म आइपुगेको छ ।
पुरुषमा मात्रै हुँदै आएको फ्रेन्चाइज लिग अब महिलामा पनि हुने भएको छ । यसको आयोजना क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गरेको छ । गत असोजमा पिपिएल आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीबार फ्रेन्चाइजी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) आयोजना गर्ने घोषणा गरेको छ । वुमन्स च्याम्पियन्स लिग चैत २२ गतेबाट ३० गतेसम्म हुने क्वीनस इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्वी लामाले जानकारी गराए । उनका अनुसार पहिलो फ्रेन्चाइजी महिला च्याम्पियनस लिगमा विभिन्न ५ शहरका ५ फ्रेन्चाइजी टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।
लिगमा शीर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फ्रेन्चाइज शहरको टोली र पुरस्कार राशि केही दिनमा घोषणा गरिने निर्देशक छुम्वी लामाले बताए । उनले क्वीन्स इभेन्ट म्यानेजमेन्टले वर्ष दुई प्रतियोगिता गर्ने र यो क्यालेन्डरमै रहने बताए । टिमलाई सन्तुलित बनाउनको लागि अक्सन या ड्राफ्टका आधारमा खेलाडी टिममा समावेश गराइने छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
महिला च्याम्पियन्स लिग बारे के भन्छन् :
विनोद दास (पूर्वकप्तान तथा महिला राष्ट्रिय टिम प्रशिक्षक) – अहिलेको समय क्रिकेटमा राइज भइरहेको समय छ । यो पुरुषमा मात्र नभई महिलामा पनि छ । घरमा क्रिकेट नखेलेसम्म राम्रो क्रिकेट खेल्न सकिँदैन । वुमन्स च्याम्पियन्स लिग आवश्यकता थियो । यो सुरुवात गर्न पहल गरेकोमा आयोजकलाई धन्यवाद दिन चहान्छु । यस्तै खालको प्रतियोगिता वर्षमा २ देखि ३ वटासम्म भए राम्रो हुन्छ । यस्तै प्रतियोगिता निरन्तर भैरहे महिला टोलीले पनि विश्वकप खेल्न सक्दछ ।
भावना घिमिरे (आइसीसी प्रतिनिधि) – निकै नै उत्साहित छु । यस्तो खालको लिग छिमेकी मुलुक भारतमै छैन । नेपालमा हुन लागेको छ । म आयोजकलाई धन्यवाद दिन चहान्छु मेरोतर्फबाट यो प्रतियोगितालाई पुरा सहयोग र साथ रहनेछ ।
रुविना क्षेत्री वेलवासे (कप्तान, महिला क्रिकेट टिम) – हामी एकदमै उत्साहित छौं । यो महिला क्रिकेटका लागि एक्सपोजर र सुरुवात हो । यो प्रतियोगिताले पक्कै पनि खेलाडीहरुमा भएको प्रतिभामा निखारता आउनछे । निरन्तर यस्तो खालको प्रतियोगिता भए महिला टोलीले पनि विश्वकप खेल्ने क्षमता राख्दछ ।
जगत टमाटा (प्रशिक्षक, राष्ट्रिय पुरुष टिम) – सुन्दा मै खुशी लागेको थियो । हामी यूएई जानुभन्दा अघि नै आयोजकले यो विषयमा मलाई जानकारी गराउनु भएको थियो । सबैको विश्वकप खेल्ने सपना हुन्छ । महिला टोलीको लक्ष्य पनि अब पुरा होला कि ? यस्तो खालको इभेन्टले खेलाडीको प्रर्दशनमा फड्को मार्दै जानेछ । अझै यस्तै केही प्रतियोगिता थपिनु पर्छ ।
पारस खड्का (कप्तान, राष्ट्रिय क्रिकेट टिम) – पुरुष टोली अहिले जुन स्तरमा आइपुगेको छ । त्यहाँ सम्म महिला टोली पनि आइपुग्न सक्दछ । नेपाल नतिजामा आधारित देश हो । महिला टोलीलाई आगमी प्रतियोगिताको लागि शुभकामना इमान्दार भएर अघि बढ्नुहोला शुभकामना छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]