6 years ago
February 13, 2019
धनगढी (हाम्रो खेलकुद) – साविक विजेता धनगढी स्टार्सले तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल)को छैटौं खेलमा विराटनगर किंग्ससँग २१ रनको हार बेहोरेको छ । प्रतियोगितामा धनगढीको यो लगातार तेस्रो हार हो ।
विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा ८२ रनमा अलआउट भयो । खराब सुरुवात गरेको धनगढीले कुनै समय खेलमा पकड बनाउन सकेन । युवा ब्याट्सम्यान सन्दिप रजालीले मध्यक्रममा ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
विराटनगरका कप्तान करण केसीले धनगढीका दुवै ओपनरलाई बोल्ड गरेका थिए । पहिलो ओभरमा ओपनर सुनील धमला १ रनमा आउट हुँदा तेस्रो ओभरमा रोहन मुस्तफा ६ रनमा पेभेलियन फर्किए । सातौं ओभरमा अमित श्रेष्ठ २० बलमा ७ रन जोड्दै सुशन भारीको बलमा क्याच आउट भए ।
चौथो विकेटका लागि सन्दिप रजाली र राजु रिजालले ३१ रनको साझेदारी गरेपनि राजु सुशनकै बलमा १४ औं ओभरमा आउट भए । राजुले २४ बलमा १५ रन जोडे । सन्दिप रजाली १५ औं ओभरमा कारण केसीकै बलमा आउट भएपछि धनगढी संकटमा परेको थियो । उनले ३६ बलमा ४ चौकासहित ३४ रन जोडे ।
भारतीय स्पिनर अभिनाश यादवले दुई ओभरको अन्तरमा अन्तिम ४ विकेट लिएपछि विराटनगरको जित पक्का भएको थियो । पवन सर्राफ, आमिर हायात, सौरभ खनाल र कप्तान सोमपाल कमि समान ४-४ रनमा आउट भए । विपिन खत्री खाता नखोल्दै अन्तिम विकेटका रुपमा अभिनाशको शिकार बने । विराटनगरका लागि कप्तान करण केसी र अभिनाश यादवले ४-४ तथा सुशन भारीले २ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । विराटनगरका लागि कप्तान करण केसीले २२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २१ रनको योगदान दिए । त्यस्तै अभिनास यादवले २७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् ।
पहिलो ओभरको पाँचौ बलमा ओपनर हरिशंकर शाहलाई २ रनमा गुमाएको थियो । शाहलाई कप्तान सोमपाल कामीले विकेटकीपर राजु रिजालबाट क्याच गराए । तेस्रो ओभरको चौथो बलमा सोमपालले कुशल भुत्तेललाई पवन सरार्फबाट ६ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए । सोमपाललेनै असद उल्लाह खान पठानलाई सुनिल धमलाबाट ३ रनमा क्याच गराएपछि विराटनगरको ब्याटिङ धरमराउन थालेको थियो ।
सातौं ओभरको अन्तिम बलमा विपिन खत्रीले राजेश पुलामी मगरलाई १ रनमा एलबीडब्लू आउट गरे । १२ औं ओभरको पहिलो बलमा बिपिनलेनै आशिफलाई १२ रनमा आउट गर्दा विराटनगर ४२-५ को कमजोर अवस्थामा पुगेको थियो । ७ औं ओभरमा राजेश पुलामी आउटभएपछि मैदान छिरेका भारतीय खेलाडी अभिनास यादवले १६ औं ओभरको चौथो बलमा क्याच आउट हुनु अघि २९ बलमा २ चौका प्रहार गर्दै २७ रनको योगदान दिए । विराटनगरको विकेट निरन्तर गुमि रह्यो । पृथु वाँस्कोटा ६ रनमा आउट भए । त्यस्तै साम्शद शेखले ११ रनमा आउट हुँदा सुशन भारी १ रनमा नट आउट रहे ।
धनगढीका कप्तान सोमपाल कामीले घातक बलिङ गर्दै ३ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । रविन क्षेत्रीले २ र सुनिल धमलाले १ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]