default_image

6 years ago

February 13, 2019

सोमपालको घातक बलिङमा धनगढीलाई १ सय ४ रनको सामान्य लक्ष्य

103 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को छैटौं खेलमा विराटनगर किंग्सले धनगढी स्टार्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । विराटनगरका लागि कप्तान करण केसीले २२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २१ रनको योगदान दिए । त्यस्तै अभिनास यादवले २७ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् ।

पहिलो ओभरको पाँचौ बलमा ओपनर हरिशंकर शाहलाई २ रनमा गुमाएको थियो । शाहलाई कप्तान सोमपाल कामीले विकेटकीपर राजु रिजालबाट क्याच गराए । तेस्रो ओभरको चौथो बलमा सोमपालले कुशल भुत्तेललाई पवन सरार्फबाट ६ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए । सोमपाललेनै असद उल्लाह खान पठानलाई सुनिल धमलाबाट ३ रनमा क्याच गराएपछि विराटनगरको ब्याटिङ धरमराउन थालेको थियो ।

सातौं ओभरको अन्तिम बलमा विपिन खत्रीले राजेश पुलामी मगरलाई १ रनमा एलबीडब्लू आउट गरे । १२ औं ओभरको पहिलो बलमा बिपिनलेनै आशिफलाई १२ रनमा आउट गर्दा विराटनगर ४२-५ को कमजोर अवस्थामा पुगेको थियो । ७ औं ओभरमा राजेश पुलामी आउटभएपछि मैदान छिरेका भारतीय खेलाडी अभिनास यादवले १६ औं ओभरको चौथो बलमा क्याच आउट हुनु अघि २९ बलमा २ चौका प्रहार गर्दै २७ रनको योगदान दिए । विराटनगरको विकेट निरन्तर गुमि रह्यो । पृथु वाँस्कोटा ६ रनमा आउट भए । त्यस्तै साम्शद शेखले ११ रनमा आउट हुँदा सुशन भारी १ रनमा नट आउट रहे ।

धनगढीका कप्तान सोमपाल कामीले घातक बलिङ गर्दै ३ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । रविन क्षेत्रीले २ र सुनिल धमलाले १ विकेट लिए । सुरुवाती दुई खेल हारेको धनगढीलाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.