default_image

6 years ago

February 13, 2019

नेपाली ‘जोन्टी’ भीमको त्यो क्याच !

144 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर जोन्टी रोड्सलाई विश्व क्रिकेटमा फिल्डिङका बादशाहका रुपमा चिनिन्छ । उनी अहिले नेपालमै छन् ।

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका प्रतियोगिताका सदभावाना दुत र सीवाईसी अत्तरियाका मेन्टरका रुपमा उनी नेपालमा छन् । त्यसैले कम्तिमा उनि फागुन ११ गते सम्म नेपालमै रहने छन् । जोन्टी पहिलो पटक नेपाल आएका भने होइनन् । यसअघि गत मंसिरमा स्पोर्ट्स एडले आयोजना गरेको प्रशिक्षण क्याम्पमा युवा खेलाडीहरुलाई प्रशिक्षण दिन दुई हप्ताको लागि नेपाल आएका थिए ।

त्यसबेला यू-१९ उमेर समूहका क्रिकेटर युवा खेलाडी भिम सार्कीले पनि आफ्ना आर्दशवान क्रिकेटरलाई भेट्ने मौका पाए । उत्कृष्ट फिल्डीङ गर्ने भीम नेपाली क्रिकेटमा ‘जोन्टी’ उपनामले चिनिने गर्दछन् । भीमको फिल्डिङले जोन्टीको झ–झल्को दिने गर्दछ । यसैलाई फेरी एकपटक सिद्ध गर्ने क्रममा भीमले डिपिएलअन्तर्गत मंगलबारको खेलमा एक अविश्वसनीय क्याच लिए । उक्त क्याच अहिले सर्वत्र चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल छ ।

प्रतियोगिताको चौथो खेलमा मंगलबार विराटनरविरुद्ध भीमले असद उल्लाह खानलाई आउट गर्न  उत्कृष्ट क्याच लिए । रुपन्देही च्यालेन्जर्सबाट खेलिरहेका भीमले लिएको उक्त क्याचले अहिले नेपाली क्रिकेट मात्र नभएर विश्वभर चर्चा बटुलिरहेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्कादेखि स्वयं जोन्टि रोड्स आफैंले भिमको क्याच सेयर गर्दै बधाई दिएका छन् । सामाजिक सञ्जालमा भीमको वाहवाहि भइरहेको छ ।

भीमले यसरी लिए क्याच

टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरका भारतीय खेलाडी असद उल्लाह खानले आक्रमक रुपमा ब्याटिङ गरिरहेका थिए । यसै क्रममा पाँचौ ओभरमा कप्तान वसन्त रेग्मीले कृष्ण कार्कीलाई बलिङमा ल्याए । खानले पहिलो बल डट खाए । दोस्रो बल कडा छक्का प्रहार गरे । तेस्रो बलमा पुन डट खाए । चौथो बलमा भने ठूलो शट खेल्न खोज्दा डिप स्क्वायर लेगमा भीमले हावामा फुल लेन्थ डाइभ हान्दै उत्कृष्ट अविश्वनिय क्याच लिए ।

उक्त क्याच लिएपछि भीम जुरुक्क उठे र बल आकाशतिर फाल्दै खुसी साट्न आफ्ना खेलाडीतर्फ लागे । हावामा जम्प हानेर क्याच लिएको ठाउँमा बालुवाले भएका कारण भीम आफैं धुलाम्मे भएका थिए । भीमलाई सबै खेलाडीले टाउको मुसार्दै बधाई दिएर खुसि साटेका थिए । भीमको उक्त क्याचपछि खेल हेर्न फाप्ला आएका लगभग सबै दर्शकले तालि बजाएर बधाई दिए । विपक्षी टोलीका कप्तान करण केसीले पनि लामो समयसम्म ताली बजाउँदै क्याचलाई सम्मान दिए ।

उमेर समुह हुँदै घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै केहि दिन अघि यूएईसँगको समान तीन ओडीआई र टि–२० सिरीजमा १६ सदस्य टोलीमा परेपनि डेब्यू गर्न भने पाएनन् । यूएई टुरमा भिमले डेब्यू गर्ने धेरैले अनुमान गरेका थिए । तर त्यसो हुन सकेन । पछिल्लो समय भीमको प्रर्दशनले भने उनले चाँडै नै डेब्यू पाउने सम्भावना छ ।

यूएई जानु अघिनै प्रशिक्षक जगत टमटाले भिमको फिल्डिङको प्रंसशा गर्दै भनेका थिए – भिम सार्की र सन्दीप जोरा नेपाली क्रिकेटमा अहिलेका सर्वाधिक उत्कृष्ट फिल्डर हुन् । यी दुई खेलाडीले केहि नभएपनि २०, २५ रन फिल्डिङ मार्फत रोक्न सक्छन् ।

जोन्टी रोड्सको त्यो रन आउट

विश्व क्रिकेटमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्डी रोड्सले सन् १९९२ मा अष्ट्रेलियाविरुद्ध वान डे खेलमा डेब्यू गरेका थिए । सन् २००३ को विश्वकपमा केन्यासँगको खेलपछि रोड्स अफ्रिकी टिममा परेनन् । सन् १९९२ को विश्वकपमा पाकिस्तानका इन्जमाम उल हकलाई रन आउट गर्ने क्रममा रोड्सले हावामा उडेर तीनै स्टम्प ढलाईदिएका थिए । जसमध्य एक स्टम्प भाचिँएको थियो । जुन रन आउटले रोड्सलाई नयाँ उचाईमा पुर्यायो । उक्त रनआउटले आधुनिक क्रिकेटमा फिल्डिङको क्रान्ति सुरु गरको पनि धारणा धेरै दिग्गज क्रिकेटरले राखेका छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.