default_image

6 years ago

February 13, 2019

‘गर वा मर’को अवस्थामा सोमपालको धनगढी !

50 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो दिन आज दुई खेल हुने छन् ।

पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच हुने छ । खेल ९ बजेपछि सुरु हुने छ । काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमाडौं लगतार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता पहिलो खेलमा रुपन्देहीसँग २ रनले पराजित भएको शरद भेषवाकर कप्तान रहेको महेन्द्रनगर पहिलो जितको खोजिमा छ । गत वर्ष काठमाडौंले महेन्द्रनगरलाई ५ विकेटले हराएको थियो ।

त्यस्तै आजको दोस्रो खेलमा धनगढी स्टार्स र विराटनगर किंग्स भिड्ने छन् । खेल १ बजेपछि सुरु हुने छ । दुबै टोली पहिलो जितको खोजिमा हुने छन् । पहिलो खेलमा काठमाडौंसँग ४ विकेटले र दोस्रो खेलमा अत्तरियासँग ५ रनले पराजित भएको धनगढी गर वा मरको अवस्थामा छ । सुरुवाती दुई सिजन उपाधि जितेको धनगढी प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दवाव छ ।

अघिल्लो चरणको यात्रा कायमै राख्न धनगढीले आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा धनगढीको अघिल्लो चरणको यात्रा कठिन हुने छ । त्यस्तै पहिलो खेलमा विराटनगर रुपन्देहीसँग ५ विकेटले पराजित भएको थियो । करण केसी कप्तान रहेको विराटनगर आजको खेलमा जित निकाल्दै अघिल्लो चरणको यात्रा बलियो बनाउने सोचका साथ मैदान प्रवेश गर्ने छ । गतवर्ष धनगढी विराटनगरसँग १८ रनले पराजित भएको थियो ।

September 24, 2024

लय गुमाएको नेपाल ओमानसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – लगातार हारसँगै लय गुमाएको नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित […]

September 23, 2024

बागमती प्रदेश क्रिकेटको साधारण सभामा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश क्रिकेट संघको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा बागमती प्रदेशका ४ खेलाडी सम्मानित भए। वर्ष पुरूष खेलाडीबाट सूर्य तामाङ र बर्ष महिला खेलाडीबाट खुशी डंगोल सम्मानित भए। उनीहरूलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ। यसैगरी उदयीमान पुरूष खेलाडीबाट आशुतोष घिरोयिया र महिलाबाट हेलिसा गुरूङ सम्मानित भएका […]

September 23, 2024

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ। आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे। हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन […]

Success

Thank you for your time.