default_image

6 years ago

February 12, 2019

विराटनगरद्वारा रुपन्देहीलाई ९४ रनको लक्ष्य

74 views

0 Bookmark

धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को चौथो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जसलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको ९३ क्षतिमा रन बनायो । विराटनगरका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

सुरुवात विराटनगरको पनि खराव रह्यो । पहिलो ओभरको अन्तिम बलमा ओपनर हरि शंकर शाहलाई ललितसिंह भण्डारीले पुनित मेहेराबाट क्याच गराए । तेस्रो ओभरको पाँचौ बलमा ललितले आशिफ शेखलाई ८ रनमा बोल्ड आउट गरे । आक्रमक रुपममा रन बनाई सकेका अशाद उल्ला खानलाई पाँचौ ओभरको चौथो बलमा भिम सार्कीले उत्कृष्ट क्याच लिदै १६ रनमा पेभिलिएनको बाटो देखाएपछि विराटनगर सुरुमै धरमराएको थियो । खानले १२ बलमा २ छक्का प्रहार गरे ।

१० औं ओभरको तेस्रो बलमा १६ बलमा ४ रन बनाई खेली रहेका पृथु बाँस्कोटालाई पुनितले एलबीडब्लू आउट गरेपछि विराटनगर ४१-४ को अवस्थामा पुगेको थियो । विराटनगरको तल्लो क्रममा पनि विकेट पतन निरन्तर जारी रह्यो । सुवास ऐर ९, साम्सद शेख १०, अभिनास यादव ७, कुशल भुर्तेल १२, कप्तान करण केसी २ रनमा आउट हुँदा राजेश पुलामी मगर १७ रनमा नट आउट रहे ।

रुपन्देहीका लागि पुनित मेहेराले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितसिंह भण्डारीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । कप्तान वसन्त रेग्मिले २ तथा विक्रम शोब र कृष्ण कार्कीले समान १-१ विकेट लिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.