6 years ago
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – युवा खेलाडीहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा सीवाईसी अत्तरियाले धनगढी स्टासलाई जितका लागि ९६ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेटको ९५ क्षतिमा रन बनायो । शीर्षक्रममा खराब प्रर्दशन गरेको अत्तरियालाई अन्त्यमा सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ्स उकासे । सन्नी २८ बलमा समान २ चौका र छक्का हान्दै ३५ रनमा अविजित रहे ।
अत्तरियाले पहिलो विकेटका रुपमा छैटौं ओभरको चौथो बलमा ओपनर जयकिशन कोल्सावालाई व्यक्तिगत २१ रनमा गुमाएको थियो । रोहन मुस्तफाको बलमा गलत सट खेल्दा २६ बलमा समान १ चौका र छक्का प्रहार गर्दै कोल्सावाला पेभिलिएन फर्के । लगतै आठौं ओभरको दोस्रोे बलमा रोहन मुस्तफाले अर्का ओपनर सुबेन्दु पाण्डेलाई ३ रनमा एलवी डब्लू आउट गरे ।
१३ ओभरको दोस्रो बलमा विपिन खत्रीले विकेटकीपर राजु रिजालबाट दिपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरेपछि अत्तरिया केहि दवावमा परेको थियो । त्यस्तै आमिर हायतले १५ ओभरको पाँचौ बलमा प्रेम तामाङलाई १२ रनमा बोल्ड गरेपछि अत्तरिया ५६-४ को कमजोर अवस्थामा पुगेको थियो । तामाङले २५ बलमा १ चौका प्रहार गरे ।
यूएई टुरमा उत्कृष्ट प्रर्दशन गरेका सन्दीप जोरा २ रनमा क्याच आउट भएपछि अत्तरियाको ठूलो स्कोरको संभावना लगभग सकिएको थियो । सन्नीले ठूलो सट खेल्दै अत्तारियाको स्कोर उकासे ।
धनगढीका लागि रोहन मुस्तफाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । त्यस्तै सोमपाल कामी र आमिर हायतले पनि समान एक विकेट लिए ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]