6 years ago
February 11, 2019
एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् ।
ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले २३ स्थान छलाङ मार्दै ७० औं स्थानमा उक्लिएका छन् । सोमपाल यस अघि ९३ औं स्थानमा थिए ।
बलिङतर्फ वसन्त रेग्मीले ३ स्थान सुधार गर्दै ७१ नम्बरमा आएका छन् । वसन्त यसअघि ७४ औं स्थानमा थिए । अलराउन्डरतर्फ पारसले स्थान सुधार गर्दै ३९ औं स्थानमा रहेका छन् । सोमपालले अलराउन्डरतर्फ १३ स्थान छलाङ मारेका छन् । नयाँ वरीयतामा सोमपाल ५१ औं स्थानमा उक्लिएका छन् ।
नयाँ वरीयता अनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डर तर्फ ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]