6 years ago
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको छ । धनगढीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य काठमाडौंले ६ विकेटको क्षतिमा एक बल बाँकी रहँदा पूरा गर्यो ।
अन्तिम ओभरमा ८ रन आवश्यक पारेको स्थितिमा महबुब आलम र विक्रम भुसालले काठमाडौंलाई जितसम्म पुर्याए । २ बलमा ४ रन आवश्यक पार्दा महबुबले आमिर हायातलाई चौका प्रहार गर्दै काठमाडौंको जित पक्का गरेका थिए । महबुबले १० बलमा विजयी चौकासहित १२ रन जोडे । विक्रम भुसाल १० बलमा २ छक्कासहित १४ रनमा नटआउट रहे ।
राम्रो सुरुवात गरेको काठमाडौंका लागि ओपनर गौरव तोमर २४ बलमा २८ रन जोड्दै आउट भएका थिए । दोस्रो विकेटका लागि अनिलकुमार शाह र अंकित दबासले ५७ रनको साझेदारी गरेपनि रनगति भने समात्न सकेको थिएन । दुवै खेलाडी रोहन मुस्तफाको १५ औं ओभरमा आउट भए । दबास २३ बलमा २ चौका र २ छक्कासहित २९ रनमा बोल्ड भए । मुस्तफाले ४० बलमा २४ रन जोडेका अनिललाई पनि बोल्ड गरे ।
कप्तान ज्ञानेन्द्र मल्ल ५ बलमा ३ रन जोड्दै अमिर हायातको बलमा बोल्ड भए । लगत्तै सोनु तामाङ पनि २ रनमा नै पेभेलियन फर्केपछि काठमाडौं दबाबमा पारेको थियो । योगेन्द्रसिंह कार्की पनि २ रन जोड्दै आउट हुन पुगे । धनगढीका लागि रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट हात पारे । आमिर हायात र विपिन खत्रीले १-१ विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । दुवै ओपनरलाई सस्तैमा गुमाएको धनगढीका लागि अमित श्रेष्ठले ५० रनको योगदान दिए । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अन्तिममा आक्रमक रुपमा ब्याटिङ गर्दै सौरभ खनालले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा नटआउट रहे ।
धनगढीले पहिलो ओभरको तेस्रो बलमै सुनिल धमलासँग रनमा तालमेल गर्न रोहन मुस्तफालाई शुन्यमा गुमाएको थियो । लगतै दोस्रो ओभरको दोस्रो बलमा सुनिल धमला ३ रनमा आउट भए । सुनिललाई नन्दन यादवले गौरभ तोमरबाट क्याच गराए ।
तेस्रो विकेटका लागि सन्दीप रजाली र अमित श्रेष्ठले ५२ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स उकासेका थिए । १२ औं ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीले आफैं क्याच लिंदै रजालीलाई २८ रनमा आउट गर्दै साझेदारी तोडे । रजालीले ३५ बलमा ४ चौका प्रहार गरे । पवन सरार्फले १८ बलमा १९ रन जोडे । काठमाडौंका लागि नन्दन यादवले धातक बलिङ गरे । नन्दनले मात्र ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । त्यस्तै अकिंत दवास र ललित नरायण राजवंशीको नाममा समान एक-एक विकट रह्यो ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]