6 years ago
February 10, 2019
एजेन्सी – निर्णायक टि-२० खेलमा भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्यान्डले टि-२० सिरिज २-१ ले कब्जा गरको छ । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा टिम साउथीले ११ रनमात्र खर्चेपछि घरेलु टोलीको जित पक्का भएको हो ।
आइतबार भएको निर्णायक खेलमा भारतले २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ८ रनमात्र जोड्न सक्यो । क्रुनाल पान्ड्या र दिनेश कार्तिकले सातौं विकेटका लागि आक्रामक साझेदारी गरेपनि मध्यक्रममा अपेक्षित प्रदर्शन हुन नसक्दा भारतले पराजय भोग्नुपर्यो ।
सातौं विकेटका लागि क्रुनाल र दिनेशले ४.४ ओभरमा नटआउट ६३ रनको साझेदारी गरेपनि जित दिलाउन सकेनन् । दिनेश १६ बलमा ४ छक्कासहित ३३ रनमा नटआउट रहँदा क्रुनालले २ चौका र २ छक्कासहित १३ बलमा २६ रनको योगदान दिए । भारतका लागि महेन्द्रसिंह धोनी २ र ओपनर शिखर धवन ५ रनमा पेभेलियन फर्केका थिए ।
कप्तान रोहित शर्माले ३२ बलमा ३८ रन जोड्दा विजय शंकरले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनको योगदान दिए । ऋषभ पन्तले १२ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोड्दा हार्दिक पान्ड्याले ११ बलमा १ चौका र २ छक्कासहित २१ रन जोडे । न्युजिल्यान्डका लागि मिचेल सान्टनर र डेरील मिसेलले २-२ तथा स्कट कुग्गेलेजिन र बलेर तिक्नरले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आक्रामक सुरुवात पाएपछि २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन जोडेको थियो । टिम सिफर्ट र कोलिन मुनरोले आठौं ओभरमा नै ८० रन पुर्याएका थिए । सिफर्ट २५ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन जोड्दै आउट भए । मुनरोले त्यसपछि आक्रामक ब्याटिङ गर्दै ४० बलमा समान ५ चौका र ५ छक्कासहित ७२ रनको उत्कृष्ट इनिङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि भए ।
कप्तान केन विलियमसनले २१ बलमा २७ रन जोड्दा कोलिन डे ग्रान्डहोमले १६ बलमा ३ चौका र १ छक्कासहित ३० रनको योगदान दिए । डेरील मिसेलले ११ बलमा १९ तथा रोस टेलरले ७ बलमा १४ रन जोडे । भारतका कुलदिप यादवले २ तथा भुवनेश्वर कुमार र खलिल अहमदले १-१ विकेट हात पारे ।
ओडीआई सिरिजमा ४-१ को फराकिलो हार बेहोरेको न्युजिल्यान्डले टि-२० सिरिज भने २-१ ले जितेको छ । पहिलो खेलमा फराकिलो जित दर्ता गरेको न्युजिल्यान्ड दोस्रो खेलमा भने पराजित भएको थियो । यस सिरिज हारसँगै भारतको लगातार १० टि-२० सिरीज जितको सिलसिलमा पूर्णविराम लागेको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]