default_image

6 years ago

February 9, 2019

युवा खेलाडीमा निर्भर अत्तरिया !

123 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ । फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा चल्ने प्रतियोगिताको विजेताले ३० लाख र उप विजेता टोलीले १२ लाख प्राप्त गर्ने छन् ।

यसक्रममा युवा खेलाडीले भरिएको सीवाईसी अत्तेरियाको लक्ष्य पनि उपाधि जित्नेनै रहेको छ । दिपेन्द्र सिंह ऐरी कप्तान रहेको सीवाईसीमा अधिकांश खेलाडी युवा रहेका छन् । अनुभवी खेलाडीको रुपमा भुवन कार्की र शुवेन्दु पाण्डे मात्र छन् । युवा खेलाडीले भरिएको अत्तेरियामा हरेक खेलाडी खेल जिताउने आँट गर्ने गर्दछन् । कप्तान दिपेन्द्र सिंह ऐरी पनि युवा खेलाडीको प्रर्दशनमै उपाधि जित्ने बताउछन् ।

सीवाईसी अत्तरियाका महत्वपूर्ण तीन खेलाडी

दिपेन्द्रसिंह ऐरी – कप्तान दिपेन्द्रको प्रर्दशन अत्तेरियाका लागि निर्णायक हुन सक्छ । अलराउण्डर ऐरीले उत्कृष्ट बलिङ र ब्याटिङ गर्नुका साथै त्यहि अनुसारको कप्तानी निर्णयमा पनि भर पर्ने छ । यूएई टूरमा नेपाललाई दोस्रो टि-२० खेल जिताउन ऐरीले महत्वपूर्ण इनिङ खेलेका थिए । पछिल्ला घरेलु लिगमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा ऐरीको नाम शीर्षस्थानमा आउने गर्दछ । दिपेन्द्रले कस्तो प्रर्दशन गर्छन् त्यसमा अत्तेरियाको भविष्य निर्भर रहने छ ।

दीपेन्द्रसिंह ऐरी

सन्दीप जोरा – सन्दीप जोरा यूएईसँगको ओडीआई र टि-२० सिरीजमा उत्कृष्ट प्रर्दशन गर्दै राम्रो छाप छाडेका युवा खेलाडी हुन् । घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टिममा स्थान बनाएका जोरा यूएईसँगको पहिलो टि २० खेलमा ५३ रन बनाउदै टि२० खेलमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडीको विश्वकीर्तिमान आफ्नो नाममा लेखाए । दवावमा पनि आत्मविश्वासी शट प्रहार गर्ने जोराको मुख्य विशेषता हो । जोराले उत्कृष्ट प्रर्दशन गर्दै अत्तरियालाई उपाधि जिताउन सक्छन् ।

सन्नी पटेल – भारतीय मुलमा पटेल पछिल्लो समय नेपाली फ्रेन्चाइज लिग निरन्तर रुपमा खेल्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । पछिल्लो समय नेपाली फ्रेन्चाईज लिगमा पटेलको प्रर्दशन गज्जवको छ । ब्याटिङ र बलिङ दुबै उत्कृष्ट गर्दै आएका छन् । एक महिना अघि सम्पन्न इपीएलमा ललितपुरलाई उपाधि दिलाउन पटेलको प्रर्दशन उत्कृष्ट थियो ।

त्यस्तै कमलसिंह ऐरीले पनि पछिल्लो समय तीब्र गतिमा राम्रो बलिङ गर्दै आएका छन् । भुवन कार्की, जितेन्द्र सिंह ठकुरी, प्रेम तामाङ र रामनरेश गिरीको प्रर्दशन पनि घरेलु लिगमा राम्रै छाप छोडेका छन् ।

सीवाईसी अत्तरिया टोली :
दिपेन्द्रसिंह ऐरी (कप्तान), सन्दिप जोरा, जितेन्द्र सिंह ठकुरी, भुवन कार्की, प्रेम तामाङ, रामनरेश गिरी, कमल सिंह ऐरी, शुबेन्दु पाण्डे, खगेन्द्र जोशी, रित गौतम, दिपेन्द्र रावत, आदिल अन्सारी, ज्ञानेन्द्र कुँवर, सन्नी पटेल (भारत), जयकिशन कोल्सावाला (भारत)

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.