default_image

6 years ago

February 8, 2019

भारत ७ विकेटले विजयी

102 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टि-२० खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल अगाडीनै ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै  पूरा गर्यो ।

भारतको सहज जितमा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै शिखर धवन ३०, ऋषव पन्त ४०,विजय शंकर १४ र महेन्द्रसिंह धोनीले २० रन जोडे । न्युजिल्यान्डका लागि इश सोधी,डेरिल मिचेल र लोकी फर्ग्यूसनले समान एक विकेट लिएपनि जितको लागि पर्याप्त रहेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रन जोडेको थियो । न्युजिल्यान्डका लागि तल्लोक्रमका कोलिन डी ग्रान्डहोमले २८ बलमा ४ छक्का र १ चौका प्रहर गर्दै ५० रन बनाए । रोश टेलर ४२,कप्तान केन विलियम्सन २०, कोलिन मुनर र टिम सिफर्टले समान १२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि क्रुणाल पान्ड्या ३, खलिल अहमिद २, हार्दिक पान्ड्या र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए । यो सँगै तीन टि-२० सिरीजको खेल १-१ को वराबरी अवस्थामा पुगेको छ । भारत पहिलो खेलमा ८० रनले पराजित भएको थियो । तेस्रो तथा निर्णाक खेल आइतबार हुने छ ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.