default_image

6 years ago

February 8, 2019

सन्दीपको खराब प्रदर्शनसँगै मेलबर्नको हार

97 views

0 Bookmark

एजेन्सी – नेपाली युवा बलर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स ब्रिस्बेन हीटसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।

१ सय ५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रिस्बेनले ६० बल अगाडि नै विना विकेटको क्षतिमा १ सय ५८ रन बनायो । टोलीको सहज जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले १ सय ५८ रनको अविजित आक्रमक इनिङ्स खेलेका थिए ।
बेन ३० बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै ८१ रनमा अविजित रहे । म्याक्स ३० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे । स्टार्सका लागि कुनै पनि बलरले विकेट लिन सकेनन् ।
सन्दीपले पनि खराब प्रर्दशन गरे । सन्दीपले २ ओभरमा २८ रन खर्चे । त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको मेलबर्नले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.