6 years ago
February 8, 2019
धनगढी (हाम्रो खेलकुद) – घरेलु फ्रन्चाइज लिगमध्ये सर्वाधिक पुरस्कार राशीको रुलान धनगढी प्रिमियर लिग (डिपिएल) ३ शनिबार फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । डिपिएलमा ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता सुरु हुँदा सबै टोली उपाधि जित्ने लक्ष्यका साथ उत्रनेछन् । रुपन्देही च्यालेन्जर्स पनि उपाधि जित्ने लक्ष्यका साथ धनगढी पुगिसकेको छ । डिपिएलको ट्रफी शुक्रबार सार्वजनिक भई सकेको छ ।
रुपन्देहीले अक्सनमा अन्य टिमको तुलनामा राम्रा खेलाडी पाएको थियो । गोलाप्रथामा भीम सार्की र विनोद भण्डारीलाई टोलीमा अनुबन्ध गरेको थियो । यस पटक रुपन्देहीलाई बलियो मध्येको एक र उपाधि दाबेदारका रुपमा हेरिएको छ ।
रुपन्देहीका मुख्य तीन खेलाडी
भीम सार्की – युवा खेलाडी भीम रुपन्देहीका प्रमुख खेलाडी हुन् । हालै नेपाली टोलीको संयुक्त अरब इमिरेन्ट्स (युएई) भ्रमणमा १६ सदस्यीय टोलीमा समेटिएपनि डेब्यू गर्ने अवसर पाएनन् । तर पछिल्लो समय घरेलु लिगमा उनको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।
विनोद भण्डारी – हार्ड हिटर विनोदको पछिल्लो समय घरेलु र सिनियर टिममा सन्तोषजनक प्रर्दशन भइरहेको छैन । तर पनि विनोद आफ्नै लयमा फर्किए भने उनलाई रोक्न जो कहि बलरलाई कठिन हुन्छ ।
एकै ओभरमा विनोदले खेललाई नयाँ मोडमा पुर्याउन सक्दछन् । विशेष गरेर विनोदले तल्लो क्रममा आक्रमक ब्याटिङ गर्ने गर्दछन् । पछिल्लो समय ओपनरको रुपमा पनि भुमिका निर्वाह गरेका छन् ।
बाबर हायत – हङकङका पूर्व कप्तान बाबर हायत पनि रुपन्देहिका महत्वपूर्ण खेलाडी हुन् । पछिल्लो समय बाबरले नेपाली घरेलु लिगमा सानदार प्रर्दशन गर्दै आएका छन् । विषेश गरेर ठूला ठूला शर्ट प्रहार गर्न माहिर बाबर दवावमा पनि राम्रो रन बटुल्ने गर्दछन् ।
रुपन्देहीमा धेरै राष्ट्रिय र घरेलु लिगमा सानदार प्रर्दशन गरिरहेका खेलाडी छन् । प्रदीप ऐरी, तीव्र गतिका बलर ललितसिंह भण्डारी पनि रुपन्देहीमा छन् । त्यस्तै कृष्ण कार्की, विक्रम शोब, सुमित महर्जन र सन्दीप सुनारले पनि खेल जिताउने क्षमता राख्छन् ।
युवा खेलाडी शेर मल्ल र अनिल खरेलले पनि आफुलाई यसै प्रतियोगितामार्फत स्थापित गर्ने प्रयासमा हुनेछन् । त्यसैले स्वभाविक छ हरेक खेलमा राम्रो प्रदर्शन गर्न हरप्रयास गर्नेछन् ।
रुपन्देही – बसन्त रेग्मि –कप्तान), भीम सार्की, ललित भण्डारी,प्रदिप ऐरी,विनोद भण्डारी,सन्दिप सुनार ,विक्रम सोब,कृष्ण कार्की ,सुमित महर्जन,पुरन बिक ,सुरज दराई, अनिल खरेल, शेर मल्ल
विदेशी खेलाडी
बाबर हायत (हङकङ), राजा अलि डर (पाकिस्तान)
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]