default_image

6 years ago

February 8, 2019

सन्नी र जयकिशन सिवाईसी अत्तरियाबाट खेल्ने

84 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– भारतीय अलराउन्डर सन्नी पटेल र विकेटकिपर जयकिशन कोल्सावालाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाईसी अत्तरियाबाट खेल्ने भएका छन् ।

भारतीय अलराउन्डर सन्नी पटेल।

अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले आफ्नो टिममा दुई विदेशी खेलाडीको रुपमा सन्नी र जयकिशनलाई अनुबन्ध गरेको बताए । दुवै खेलाडीले पछिल्लो समय नेपाली फेन्चाइज लिगमा राम्रो प्रर्दशन गर्दै आएका छन् ।

ललितपुरलाई ईपीएलको उपाधि दिलाउन सन्नी र जयकिशनले उत्कृष्ट प्रर्दशन गरेका थिए । अत्तरियाले पहिलो खेलमा आइतबार काठमाडौं गोल्डेन्सको सामना गर्ने छ । त्यस्तै कप्तान दिपेन्द्रले आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताए ।

अत्तरिया टोली – दिपेन्द्र सिंह ऐरी –कप्तान) सन्दिप जोरा,जितेन्द्र सिंह ठकुरी,भुवन कार्की,प्रेम तामाङ ,रामनरेश गिरी,कमल सिंह ऐरी,शुबेन्दु पाण्डे,खगेन्द्र जोशी, रित गौतम, दिपेन्द्र रावत, आदिल अन्सारी, ज्ञानेन्द्र कुँवर
विदेशी खेलाडी
सन्नी पटेल र जय किशन कोल्सावाला

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.