6 years ago
February 8, 2019
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । प्रतियोगिता शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगिताको गुडविल एम्बेसेडर जोन्टी रोड्स र अायोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरे । सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं प्रतिनिधि खेलाडीले ट्रफी अनावरणमा सहभागिता जनाए ।
यसपटक विजेताले पाउने पुरस्कार राशीमा ५ लाख वृद्धि गर्दै ३० लाख रुपैयाँ प्रदान गरिने भएको छ । यसअघि दोस्रो संस्करणमा विजेता धनगढी टिम चौराहले २५ लाख पाएको थियो । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ ।
डिपिएलमा दोस्रो हुने टोलीले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता प्रदान गरिनेछ ।
प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने बताइएको छ । रुस्लान डिपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ लागत खर्च हुने आयोजकको अनुमान गरेको छ ।
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]