default_image

6 years ago

February 7, 2019

रुस्लान डिपिएलको उपाधि दावेदार तीन टोली

125 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ २६ देखी फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुँदैछ । डिपिएलमा ६ शहरका ६ फ्रेन्चाइज टोली रहेका छन् ।

मार्की खेलाडीहरु

सबै टोलीले उपाधि जित्ने लक्ष्य सहित आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । डिपिएलको विजेताले ३० लाख प्राप्त गर्दा उप विजेताले १२ लाखमा चित्त बुझाउनु पर्ने हुन्छ । तेस्रो स्थानमा रहनेले ४ र चौथो हुनेले २ लाख पाउने छन् । सबै टिमले एक महिनाअघि उपाधि जित्ने लक्ष्यका साथ अक्सन मार्फत खेलाडी अनुबन्ध गरेका थिए । विदेशी खेलाडी पनि अनुबन्ध गर्ने क्रम जारी छ । हरेक खेलमा दुई विदेशी खेलाडी खेलाउनै पर्ने हुन्छ ।

कुनै पनि टिम कस्तो छ भन्ने कुरा प्रतियोगिता सुरु हुनु अघिनै टिममा रहेका खेलाडी र ती खेलाडीले पछिल्लो समय अन्तर्राष्ट्रिय, राष्ट्रिय र घरेलु लिगमा गरेको प्रदर्शनलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै हरेक टिमका खेलाडी हेर्दा तेस्रो संस्करणको डिपिएलको उपाधि यी ३ टिमले जित्न सक्छन् ।

३. काठमाडौं गोल्डेन्स

ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गत वर्षको उप-विजेता टोली हो । राष्ट्रिय टिममा पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका स्पिनर ललित नारायण राजवंशी पनि काठमाडौंमा छन् । जसको फाइदा काठमाडौंलाई पुग्ने छ । फ्रेन्चाइज लिगमा उत्कृष्ट बलिङगर्दै राष्ट्रिय टिमको ढोका ढक्ढकाई रहेका राशिद खान पनि मल्लकै टिममा छन् । राशिदले तीव्र गतिको बलिङको जिम्मेवारी सम्हाल्ने छन् ।

काठमाडौं गोल्डेन्स

त्यस्तै ओपनर अनिल कुमार शाह, महवुव आलम, योगेन्द्रसिंह कार्की, विक्रम भुषाल, सोनु तामाङ, सूर्य तामाङ काठमाडौंका प्रमुख र मुख्य हतियार हुन् । विदेशी खेलाडीको रुपमा भारतीय गौरभ तमोर र अंकित दवास रहेका छन् । तमोरले ललितपुरलाई उपाधि जिताउन सानदार प्रर्दशन गरेका थिए । त्यस्तै पिपिएलमा काठमाडौंबाट ६ खेलमा २ सय १२ रन बनाएका थिए । अंकित झारखण्डबाट शीर्ष श्रेणी क्रिकेट खेलेका अलराउण्डर हुन् ।

सम्रगमा मिश्रीत टिम छ । कुनै पनि टिममा ठूला नामका खेलाडी भएर मात्र पुग्दैन । जुन कुरा एक महिना अघि सम्पन्न एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सलाई उपाधि जिताउदै ज्ञानेन्द्र मल्लले प्रमाणित गरेका थिए । ईपीएलमा अन्य टिममको तुलनामा ललितपुरमा ठूला नामका खेलाडी थिएनन् । तर राष्ट्रिय टिमका उप कप्तान समेत रहेका मल्लको कप्तानीमा उपाधि चुमेको थियो । यसबाट उपाधि जित्न नेतृत्व अर्थात कप्तानी पनि राम्रो हुनुपर्छ । ठूला नामका खेलाडी मात्र होइन टोलीको आवश्यकता अनुसार प्रर्दशन गर्न सक्ने खेलाडी भए पुग्छ ।

२. रुपन्देही च्यालेन्जर्स

रुपन्देहि यस सिजनमा उपाधि जित्न सक्ने प्रबल सम्भावना बोकेको टिम हो । रुपन्देहीमा धेरै राष्ट्रिय र घरेलु लिगमा सानदार प्रर्दशन गरिरहेका खेलाडी छन् । वसन्त रेग्मी कप्तान रहेको रुपन्देहीमा भिम सार्की, विनोद भण्डारी, प्रदीप ऐरी जस्ता भरपर्दा ब्याट्सम्यान छन् । तीव्र गतिका बलर ललितसिंह भण्डारी पनि रुपन्देहीमा नै रहेका छन् । त्यस्तै कृष्ण कार्की, विक्रम शोब, सुमित महर्जन र सन्दीप सुनारले पनि खेल जिताउने क्षमता राख्छन् ।

रुपन्देही च्यालेन्जर्स

युवा खेलाडी शेर मल्ल र अनिल खरेलले पनि आफुलाई यसै प्रतियोगिता माफर्त माथि आउन खोजिरहेका छन, त्यसैले हरेक खेलमा राम्रो प्रदर्शन गर्न हरप्रयास गर्नेछन् । विदेशी खेलाडीको रुपमा रुपन्देहिले हङकङका पुर्व कप्तान बाबर हायत र पाकिस्तानबाट प्रथम श्रेणी क्रिकेट खेलेका राजा अलि डर रहेका छन् ।

१. महेन्द्रनगर युनाइटेड

महेन्द्रनगर यस पटक उपाधिको प्रमुख दावेदार टिम हो । महेन्द्रनगरमा अधिकांश स्टार खेलाडी छन् । हुन त नेपाली क्रिकेटमा एउटा भनाई प्रसिद्ध बनिसकेको छ । शरद भेषावकरको टिम सधैं उपाधि जित्नको लागि खेल्छ । हुन पनि फ्रेन्चाइज लिगमा शरदले कप्तानी गरेको टिम फाइनल नपुगेको रेकर्ड कमै छ । अर्थात शरदको खेलसँगै कप्तानी पनि उत्कृष्ट छ ।

महेन्द्रनगर युनाइटेड

महेन्द्रनगरमा केहि दिन अघि यूएई टुरमा उत्कृष्ट बलिङ गर्दै टि २० सिरीजको म्यान अफ द सिरीज घोषित अभिनास बोहोरा मुख्य हतियार हुनेछन् । रोहितकुमार पौडेल र आरिफ शेखले नियमित रुपमा राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका सिद्धान्त लोहनी, कुशल मल्लले मिडिल अडर सम्हाल्ने छन् । स्पिनरद्वय सागर ढकाल र साहव आलम पछिल्लो समय उत्कृष्ट स्पिनर बलिङ गर्दै आएका छन् । अमरसिंह राउटेलाले घरेलु लिगमा राम्रो अलराउण्डरको रुपमा छाप छाडेका छन् । विकेटकिपर दिलिप नाथ पनि राष्ट्रिय टिमबाट ओपनरको रुपमा खेलि सकेका छन् ।

खेलाडी अनुसारको प्रर्दशन गर्न सके महेन्द्रनगरले सहजै उपाधि जित्न सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै विदेशी खेलाडीको रुपमा यूएईमा मोहम्मद नाविद पनि महेन्द्रनगरमै छन् । नाविदले ईपीएलमा १२ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए भने इपपिएलमा पोखरा पल्टनलाई उपाधि दिलाउन सानदार प्रर्दशन गरेका थिए । नेपालसँगको ओडीआई र टि२० सिरीजमा यूएईको कप्तानी गर्दै सानदार बलिङ गरेका थिए ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.