default_image

6 years ago

February 6, 2019

रुस्लान डिपिएलको विजेताले ३० लाख पाउने

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०को यसपटकको विजेता ३० लाख रुपैयााँ पुरस्कार पाउने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार फागुन ११ गतेसम्म चल्नेछ ।

विजेताले पाउने पुरस्कार राशीमा यसपटक ५ लाख बृद्धि भएको छ । दोस्रो संकरणमा विजेता धनगढी टिम चौराहले २५ लाख पाएको थियो । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ ।

डिपिएलको दोस्रो हुने टोलीले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ ।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने । रुस्लान डिपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान गरेको छ ।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाख सहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।

प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ । टिकट काटेर खेल हेर्नु दर्शकहरुका लागी गोलाप्रथा माध्यम बाट आर्कषक नगत तथा अन्य पुरस्कार को समेत व्यवस्था गरिएको छ ।

रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स,महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सगरि ६ शहरका ६ टिम रहेका छन् । उद्धघाटन खेलमा माघ २६ गते विराटनगर किंग्स र धनगढी स्टार्स भिड्ने छन् ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.