default_image

6 years ago

February 6, 2019

गौरव र अंकितले काठमाडौंबाट खेल्ने, जनहि ३५ सय डलर पाउने

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान गौरव तोमर र अलराउन्डर अंकित दबासले धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सबाट खेल्ने भएका छन् । बुधबार एक कार्यक्रमबिच दुई खेलाडीलाई अनुबन्ध गरेको टोलीका मालिक रमेश सिलवालले जानकारी दिए ।

गौरवले पछिल्लो समय नेपालमा अायोजना हुँदै आएको फ्रेन्चाइज लिगहरु खेल्दै आएका छन् । उनले पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्स र एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीयट्सको जर्सी पहिरिएका थिए ।

अर्का खेलाडी अंकित भारतको झारखण्डबाट भारतको शीर्ष प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । उनले एयर इन्डियाबाट पनि खेलिरहेका छन् । दुवै खेलाडीले प्रतियोगिता खेलेवापत जनही ३ हजार ५ सय अमेरिकी डलर पाउनेछन् ।

गोल्डेन्सलाई प्रतियोगिताको लागि इस्लिङटन कलेजले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा इस्लिङटनका अध्यक्ष सुलभ बुढाथोकी र टोली मालिक सिलवालले सम्झौता पत्र अादान प्रदान गरे । गोल्डेन्सलाई एड्भान्स इन्जिनियरिङ कलेज र कस्मस कलेजले पनि प्रायोजन गर्नेछन् ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको गोल्डेन्स प्रतियोगिताको साविक उपविजेता पनि हो । गतवर्ष मल्लकै कप्तानीमा टोलीले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा काठमाडौंलाई धनगढीले पराजित गरेको हो ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.