default_image

6 years ago

February 6, 2019

राष्ट्रिय टोलीमा कमब्याक गर्न कठिन देखिने ५ खेलाडी

109 views

0 Bookmark

भुपेन्द्र जि.सी., काठमाडौं

नेपाली राष्ट्रिय टोली पछिल्लो समय एक पछि अर्को अन्तर्राष्ट्रिय सफलता हात पार्दै उपल्लो स्तरमा क्रिकेट खेली रहेको छ । यसै साता यूएईसँगको तीन ओडीआई र टि–२० सिरीज समान २–१ ले जित्दै नेपाली टोलीले इतिहास नै रच्यो ।

नेपाललाई पहिलो ओडीआई र टि–२० सिरीज जिताउन युवा खेलाडी रोहित कुमार पौडेल, अभिनास बोहोरा, सन्दीप जोरा, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेको प्रर्दशन महत्त्वपूर्ण रह्यो । पछिल्लो समय नेपाली क्रिकेटमा खेलाडीबीच तीव्र प्रतिस्पर्धा छ । खेलाडीको तीव्र प्रतिस्पर्धा देखेर कप्तान पारस खड्काले बेला बेलामा खुसी व्यक्त गर्ने गर्दछन् ।

नेपाल क्रिकेट संघ (क्यान) नभएको अवस्थामा उमेर समुह र घरेलु लिगको प्रर्दशन आधारमै खेलाडी छनोट भई रहेको छ । सिनियर टिममा अहिले अधिकांश युवा खेलाडी छन् । टोली छनोटकर्ताले पनि घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्ने युवा खेलाडीलाई राष्ट्रिय टिममा टोलीमा मौका दिँदै आएका छन् ।

खेलाडी छनोट पनि उमेर समुह र घरेलु लिगको प्रर्दशनलाई नै हेरेर भईरहेको छ । राष्ट्रिय टोलीमा मौका पाएका खेलाडी मध्य केहिलेमात्र आफुलाई प्रमाणित गर्न सकेका छन् । सिनियर टिममा मौका पाएपनि आफुलाई सिद्ध गर्न नसक्दा पुन मौका नपाएका थुप्रै खेलाडी छन् ।

कुनै पनि खेलाडीले सिनियर टिममा स्थान बनाउन र पुनरागमन गर्न सबैभन्दा राम्रो उपाय घरेलु लिगको प्रर्दशन नै हो । विश्वभर जोकोही राष्ट्रमा यसै अनुसार चल्ने गर्दछ । घरेलु लिगमै खराब प्रर्दशन गर्ने खेलाडी टोलीमा पर्ने सम्भावना रहँदैन ।

उमेर समुह र घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै सिनियर टिममा स्थान बनाएका तर सिनियर टिमबाट आफुलाई प्रमाणित गर्न नसक्दा लामो समय देखी टिम बाहिर रहेका नेपाली क्रिकेटमा थुप्रै खेलाडी छन् । जुन खेलाडीको घरेलु लिगमा पनि प्रर्दशन राम्रो छैन । यी ५ खेलाडी जसलाई नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमनको संभावना देखिदैन :

नरेश बुढाएर

ओपनिङ ब्याटिङ समस्या नेपाली क्रिकेटका लागि अहिलेको मात्र नभएर परमपरागत रोग नै हो । पछिल्लो एक वर्षमा प्राय हरेक प्रतियोगितामा फरक-फरक ओपनर जोडी मैदान उत्रिएका छन् । अहिले पनि नेपाली टोली भरपर्दो ओपनर ब्याट्सम्यानको खोजिमा छ । त्यस्तै कुनै समय नरेश बुढाएरलाई पनि नेपाली टोलीमा ओपनरको रुपमा प्रयोग गरिएको थियो ।

Naresh Army

नरेशले सन् २००९ मा बहराइनविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०१४ टि–२० विश्वकपमा हङकङविरुद्ध डेब्यू गरेका बुढाएरले नेपाली टोलीमा त्यसपछि लामो समय स्थान बनाउन सकेनन् । लिष्ट ए मा डिभिजन टु मा युगान्डाविरुद्ध सन् २०१५ मा डेब्यू गरेका थिए । उनले हालसम्म चार टि-२० अन्तर्राष्ट्रिय र ६ लिष्ट ए खेल खेलेका छन् । ३ टि२० खेलमा ब्याटिङ गर्दै कुल रन ७ बनाएका छन् । सन् २०१४ मै हङकङविरुद्धको ४ टि२० श्रृंखला यता नरेश टिममा छैनन् । त्यस्तै लिष्ट ए मा ६ खेलमा ३९ रन जोडेका छन् ।

सन् २०१६ मा काठमाडौंमा नामिबियाविरुद्ध परेयता टिममा छैनन् । पछिल्लो समय घरेलु लिगमा पनि उनको प्रर्दशन सम्झन लायक छैन । तेस्रो सस्करणको ईपीएलमा काठमाडौं किंग्सबाट खेलेका बुढाएरले ७ खेलमा ३७ रन मात्र बनाए । पछिल्लो समय अनिल कुमार शाह, हरि शंकर शाह, सुनील धमला, अमित श्रेष्ठ, आशिफ शेख, हरि चौहान जस्ता युवा ओपनर खेलाडीले राम्रो प्रर्दशन गर्दै राष्ट्रिय टिमको ढोका ढक्ढकाई रहेका छन् । हाल राष्ट्रिय टिममा विनोद भण्डारी,प्रदीप ऐरी र ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् । युवा खेलाडीको उदय हुँदा यता लगातार खराब प्रदर्शन गरिरहेका नरेशलाई अव टिममा कमब्याक गर्न मुश्किल छ ।

राजेश पुलामी मगर

२६ वर्षिय राजेश पुलामी मगर कुनै समय मध्यक्रममा प्रयोग भएका थिए । उनमा ६ टि-२० अन्तर्राष्ट्रिय र ३ लिष्ट ए को अनुभव छ । यसक्रममा उनले ६ खेलमा ५२ रन मात्र जोडेका छन् । टि२० क्रिकेटमा पुलामीले सन् २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका थिए । लिष्ट ए मा सन् २०१५ मा स्कटल्यान्डविरुद्ध डेब्यू गरेका थिए । सन् २०१६ मा नामिवियासँगको खेल यता पुलामी टोलीमा छैनन् ।

पछिल्लो समय नेपाली क्रिकेटमा मध्यक्रम निकै प्रतिस्पर्धा छ । मध्यक्रममा अहिले अनुभवी शरद भेषावकरलाई छाड्दा रोहित कुमार पौडेल, आरिफ शेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफले सानदार प्रर्दशन गर्दै आएका छन् । भीम सार्की पनि घरेलु क्रिकेटमा शानदार प्रदर्शन गर्दै टोलीमा मौका कुरिरहेका छन् । यी खेलाडी नेपाली टोलीका लागि महत्वपूर्ण सदस्य बनि सकेका छन् ।

टिम बाहिर सौरभ खनाल, कुशल मल्ललगायतले पनि आफ्नो दावेदारी प्रस्तुत गरि रहेका छन् । इपीएलमा पोखरा राइनोजको जर्सि लगाएका राजेशले ५ खेलमा ४३ रन बनाएका थिए । पछिल्लो समय पुलामीको घरेलु लिगको प्रर्दशन हेर्दा र राष्ट्रिय टिममा युवा खेलाडीको प्रर्दशन नियाल्दा पुनरागमनको सम्भावना देखिदैन ।

महबुब आलम

सन् २००८ मा मोजाम्विकविरुद्ध १० विकेट लिदै विश्व रेकर्ड बनाएका आलम अहिले सन्न्यासको संघारमा छन् । अलराउण्डर आलमले सन् २००० मा जापानविरुद्ध डेब्यू गरेका थिए । लिष्ट ए मा भने सन् २०१५ मा पपुवा न्यूगिविरुद्ध डेब्यू गरेका आलम सन् २०१७ मा केन्याविरुद्धको खेल यता टिममा छैनन् । चार लिष्ट ए खेलेका आलमले ४ विकेट लिनुको साथै २० रन मात्र बनाएका छन् ।

पछिल्लो समय घरेलु लिगमा पनि उनको प्रर्दशन खस्कदो छ । खस्कदो प्रर्दशनकै कारण ईपीएलमा आलमलाई कुनै टिमले लिएनन् । पोखरा प्रिमियर लिगमा उपाधि जितेको पोखरा पल्टनबाट खेल्दै ४ खेलमा ३ विकेट लिएका थिए ।

अहिले नेपाली टोलीमा सोमपाल कामी र करण केसीले नियमित रुपमा तीव्र गतिको बलिङ सम्हालिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा यी दुईको प्रर्दशन उत्कृष्ट छ, अझ दुवैले ब्याटिङ पनि उत्तिकै राम्रो गर्छन् । त्यसैले यी दुई जोडी नेपाली टोलीमा लामो समय रहने निश्चित छ ।

त्यस्तै युवा तीव्र गतिका बलर अभिनास बोहोराले पनि यूएई टिममा सानदार प्रर्दशन गर्दै पहिलो टि२० सिरीजमै म्यान अफ द सिरीज चुनिए । बोहोरा पनि अव नेपाली टिममा लामो समय रहने सहजै अनुमान गर्न सकिन्छ । ललित भण्डारी पनि टिममा आउने जाने भईरहेको छ । घरेलु लिगमा शानदार प्रर्दशन गरि रहेका तीव्र गतिका बलर राशिद खान, किशोर महतो, नन्दन यादव, कमलसिंह ऐरी पनि राष्ट्रिय टोलीको जर्सी लगाउने पर्खाईमा छन् । यो अवस्थामा ३७ वर्षिय आलमको राष्ट्रिय टोलीमा पुनरागमनको संभावना देखिदैन ।

पृथु बाँस्कोटा

सन् २०१० मा माल्दिभविरुद्ध डेब्यू गरेका पृथु लामो समय चोटको कारण मैदान बाहिर रहे । बास्कोटाले सन् २०१४ मा स्कटल्यान्डविरुद्ध लिस्ट ए डेब्यू गरेका थिए । सन् २०१५ मा स्कटल्यान्डसँगको खेल यता राष्ट्रिय टिममा छैनन् । ६ लिष्ट ए मा उनले कुल १ सय १२ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ५९ रन सामेल छ । तेस्रो संकरणको ईपीएलमा चितवन टाइगर्सका कप्तानी गर्दै बास्कोटाले ६ खेलमा ४९ रन मात्र जोडेका थिए ।

पृथु बास्कोटा

पछिल्लो समय कुशल मल्लको पनि घरेलु लिगमा राम्रो प्रर्दशन छ । राष्ट्रिय टिममै दिपेन्द्र, आरिफ, रोहित, सन्दीप जोराले उत्कृष्ट प्रर्दशन गरि रहँदा अव बाँस्कोटाको राष्ट्रिय टोलीमा कमब्याकको संभावना देखिदैन ।

राजु रिजाल

सन् २०१६ को यू–१९ विश्वकपमा कप्तानी गर्दै सानदार प्रर्दशन गरेका विकेटकिपर राजु रिजाल त्यसै वर्ष अप्रिलमा कीर्तिपुरमा नामिबियाविरुद्ध डेब्यू गरेका थिए । तर खराब प्रर्दशन गर्दा गर्दा सन् २०१६ मा नै नेदरल्यान्डविरुद्ध देखि टिममा छैनन् । राजुले राष्ट्रिय टोलीका लागि ३ खेलमा ९ रन जोडेका छन् ।

हुन त अहिले पनि नेपाली टोली राम्रो विकेटकीपर ब्याट्सम्यानको खोजिमा छ । तर पनि राजु रिजालको दिन प्रतिदिनको खस्कँदो प्रर्दशनको कारण पुन टिममा मौका देखिदैन । अहिले राष्ट्रिय टिममा विनोद भण्डारी र प्रदीप ऐरीले विकेटकिपरको भूमिका निर्वाह गरेका छन् । तर प्रर्दशन सन्तोषजनक छैन ।

टिम बाहिर अनिल कुमार शाह, आशिफ शेख, दिलिप नाथको संघर्ष जारी छ । राजुको घरेलु लिगमा पनि प्रर्दशन राम्रो छैन । तेस्रो संकरणको ईपीएलमा काठमाडौं किंग्सबाट खेल्दै ४ खेलमा १० रन मात्र बनाएका थिए । यो अवस्थामा राजुको पुनरागमको संभावना देखिदैन ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.