6 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने तेस्रो सस्करणको धनगढी प्रिमियर लिग(डीपीएल) को फे्रन्चाइज टोली विराटनगर किंग्सको कप्तानी करण केसीले गर्ने भएका छन् ।
काठमाडौंमा आज एक कार्यक्रम गर्दै विराटनगरले कप्तानी करणले गर्ने जनाएको छ । दोस्रो संकरणमा विराटनगरको कप्तान पारस खड्का थिए । यस सस्करणमा भने पारस ब्यक्तिगत कारण देखाउदै अक्सन अघिनै डिपिएल नखेल्ने जनाएका थिए ।
कारणले कप्तानी गर्न पाउँदा खुसि लागि रहेको बताए । पछिल्लो समय राष्ट्रिय टिमबाट राम्रो गरि रहेको छु,टिममा ठूला नाम नभएपनि खेलाडी राम्रो भएकोले विराटनगरलाई च्याम्पिएन बनाउन धेरै भन्दा धेरै मेहिनेत गर्ने छौं – करणले भने । करणले फेन्चाइज घरेलु लिगमा पहिलो पटक कप्तानी गर्दै छन् ।
विराटनगरका मालिक प्रफुल्ल बैद्य आफुहरुको उदेश्य पैसा कमाउने नरहेको र सधैं क्रिकेट विकासमा लाग्ने बताए । विराटनगरका प्रशिक्षक सुनिल लामा रहेका छन् । लामा हङकङको राष्ट्रिय टिमबाट खेली सकेका खेलाडी हुन् । प्रशिक्षक लामाले टिम सन्तुलन हुनुका साथै ओपनर सहित स्पिनर बलर राम्रो रहेको बताए ।
विराटनगरमा हरि शंकर शाह,पृथु वास्कोटा,आशिफ शेख,कुशल भुर्तेल,किशोर महतो,सुशन भारी,सम्साद शेख,राजेश पुलामी,अमृत गुरुङ,तिर्थराज दास, र सुवास ऐर रहेका छन् । विदेशी खेलाडीको रुपमा रणजि ट्रफि खेली सकेका भारतीय अभिनाश यादव र शिभकान्त शुक्ला रहेका छन् ।
विराटनगरको मुख्य प्रयायोजक श्री एयरलायन्स,सहप्रायोजक नेपाल वेलहोप ,पावर वाई एनआईसी एसिया बैंक र सपोर्टरमा महालक्ष्मी केवल र सुवारु रहेका छन् । विराटनगरले पहिलो खेल माघ २६ मा धनगढी स्टार्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]