6 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले मंगलबार एक कार्यक्रमबीच खेलाडीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय भएको जानकारी गराएको हो । मन्त्री विश्वकर्माले खेलाडीलाई खेलन उचित वातावरण सिर्जना गर्न, भौतिक पूर्वाधार र खेलाडीको पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
युएईंविरुद्धको ओडीअखाई सिरिज र टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेर नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको थियो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सिरिज जितेर फर्किएको टोलीलाई जनही ५–५ रूपैयाले पुरस्कृत गर्न मन्त्रालयमार्फत सरकारलाई सिफारिस गर्ने बताएको थियो ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]