default_image

6 years ago

February 4, 2019

नेपाल आईसीसी टि ट्वान्टी वरियतामा सामेल

90 views

0 Bookmark

दुबई (एजेन्सी) – नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टीको वरियतामा समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)सँग आइतबार सम्पन्न तीन टि ट्वान्टीको सिरीज २(१ ले जितेसँगै नेपाललाई आईसीसीको वरियतामा समावेश गरिएको हो ।

आईसीसीले सोमबारसार्वजनिक गरेको टि ट्वान्टी वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ । नेपाल वरियताको १४ औ स्थानमा रहेको छ । यूएई,हङकङ,ओमान रआयरल्यान्ड नेपाल भन्दापछि छन् ।

नयाँ वरियता अनुसार पाकिस्तान शीर्ष स्थानमा रहँदा भारत दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एसोसिएट राष्ट्रका स्कटल्यान्ड ११ र नेदरल्यान्ड १३ औं स्थानमा छन् । सन् २०१४ मा टि ट्वान्टी विश्वकपमा भाग लिएको नेपाली टोलीले त्यसै बर्ष जुनमा टि ट्वान्टीको अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

२०१५ टि ट्वान्टी विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएपछि नेपालले टि ट्वान्टीको मान्यता गुमाएको थियो । गत मार्च १५ मा चार वर्षका लागि ओडीआई मान्यता पाएसँगै नेपालले पुनः टि ट्वान्टीको मान्यता प्राप्त गरेको थियो ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.