default_image

6 years ago

February 4, 2019

क्रिकेट टोलीलाई ‘रेड कार्पेट’ मा भव्य स्वागत

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय र ३ टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेर आज स्वदेश फर्केको नेपाल क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

साँझ चार बजे विमानस्थल आईपुगेको टोलीको स्वागतका लागि खेलसम्बद्ध पदाधिकारीसँगै सयौंको संख्यामा समर्थकहरुको उपस्थिति थियो । नेपाली टोलीको स्वागतको लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा,राखेप सदस्य सचिव केशव कुमार विष्ट, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको टोली विमानस्थल पुगेका थिए ।

स्वागत गर्न विमानस्थल पुगेका समर्थकले नेपाली क्रिकेट टोलीको जयजयकार गर्दा खेलमन्त्रीलाई भने मुर्दावाद भन्दै नारा बाजी लगाए । नेपाली टोलीलाई रातो कार्पेट र फुलमालाले स्वागत गरिएको थियो । त्यस्तै विमानस्थलमै अध्यक्ष तिमिल्सिनाले खेलाडी तथा अफिसियलहरुलाई सम्मानस्वरुप जनही १०–१० हजार रुपैयाँ पनि प्रदान गरे ।

नेपाली टोलीमा लेग स्पिनर सन्दीप लामिछाने फर्किएका छैनन् । सन्दीप बिग बास लिगका लागि आजै अष्ट्रेलिया प्रस्थान गर्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले सबैको मेहिनतले सिरीज जित्न सफल रहेको बताए । यूएईविरुद्ध नेपालले टि–२० सिरिज २–१ र ओडीआई सिरिज पनि २–१ ले नै इतिहास रचेको थियो ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.