default_image

8 years ago

April 19, 2016

कप्तान पारसको चिन्ता

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्नुलाई नेपालको क्रिकेट विकास भएको मान्नु गलत हुने कप्तान पारस खड्काले बताएका छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामबियालाई सोमबार दोस्रो खेलमा ३ विकेटले हराउँदा शतकिय पारी खेल्दै टोलीलाई जिताएपछि पारसले भने, राष्ट्रिय टोलीको प्रदर्शन र क्रिकेट विकास फरक विषय हो । खेलमा कहिले सफल कहिले असफल हुन्छ तर, व्यवस्थापनले सधै क्रिकेटको विकासका लागि काम गर्नुपर्छ । जुन अहिले हामीका भइरहेको छैन ।

कप्तान पारस खड्का

कप्तान पारस खड्का

मैदान भित्र त पारसको प्रदर्शन र प्रतिबद्धतामाथि कसैले प्रश्न गर्दैनन् । तर, मैदान बाहिर उनको भनाई कहिल्यै काहि विवादमा पर्ने गर्छन् । त्यसका वावजुद पनि पारस नेपाली क्रिकेटको व्यवस्थानका बारेमा आफुलाई लागेको बोल्न चुक्दैनन् ।
उनले नेपाली क्रिकेट विवादको छिटो अन्त्य होस् भन्ने आशा समेत व्यक्त गरेका छन्हा,”म्रो काम खेल्ने हो । खेल्छौं । जित हार भइरहन्छ । एउटा खेल वा प्रतियोगिता जितेर नेपालको क्रिकेट एकदम राम्रो छ भन्न मिल्दैन । प्रदर्शन र व्यवस्थापन दुई फरक चिज हुन् । क्रिकेट यसरी अघि बढ्दैन , उनको चिन्ता थियो, हाम्रो यू १९ ले गत बर्ष निकै राम्रो प्रदर्शन गर्यो । तर, त्यो टोलीका दुई खेलाडी अहिले सिनियर टिममा छन्, बाँकी कहाँ छन् । कसैलाई थाहा छैन ।”
उनले फेरी एकपटक घरेलु क्रिकेट सञ्चालनमा जोड दिए । उनले थपे,” अन्तराष्ट्रिय प्रतियोगितामा जति राम्रो गरेपनि घरेलु क्रिकेटको संरचना बलियो नभएसम्म त्यसलाई क्रिकेटको विकास मन्न सकिन्न । नयाँ खेलाडी आउन पनि डोमेस्टिक क्रिकेट हुनुपर्छ । हामी चाहन्छौं विवादको समाधान चाडो होस् र नेपालीको क्रिकेट गतिविधिले गति लियोस्।”
पटक पटक विवादमा पर्दै आएको नेपाल क्रिकेट सं (क्यान) पछिल्लो समय वैधानिकताको झमेलामा परेको छ । क्यानको मुद्दा यति बेला सर्वोच्च अदालतमा विचाराधिन छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र अघिल्लो कार्यसमितिका अध्यक्ष टंक आड.बुहाड्को सहमति विना मंसिर २९ गतेको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । तर, त्यसलाई मान्यता नदिने भन्दै राखेप सदस्य सचिव केशव विष्टले रमेश सिलवालको अध्यक्षतामा पुस २४ गते तदर्थ समित गठन गरेको थियो । निर्वाचित समितिले तदर्थ समिति, राखेप, सरकारलगायतविरुद्ध मुद्दा दर्ता गरेपछि अहिले क्यानको दुवै समिति काम गर्न नपाउने अवस्थामा छन् । सर्वोच्चले अर्को निर्णय नभएसम्म यथास्थितमा राख्न आदेश दिएको छ ।
यहि आन्तरिक विवादका कारण अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) आफैले नेपाल र नामिबियाबीचको खेल आयोजना गरेको थियो । आइसिसीले पनि कुनै कार्यसमितिको पक्ष नलिइ विवाद समाधान होस् भन्ने आशा राखेको देखिन्छ । तर, आइसिसीले चाहेजस्तो दुई पक्ष बीच सहमति बनेर विवाद सल्टने सम्भावना छैन । सर्वोच्चले भविष्यमा गर्ने फैसला सम्भवतः नेपाल क्रिकेट विवाद समाधानका लागि एउटा बाटो भने हुनसक्छ । अहिले क्रिकेटक्षेत्रमा फैसलाकै प्रतिक्षा भइरहेको छ ।

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

September 19, 2024

झाले दिलाए ओमानी कप्तानको विकेट

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको हो २५औं ओभरको तेस्रो बलमा इल्यास गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । त्यसअघि ओमानका ओपनर कश्यप प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको […]

Success

Thank you for your time.