6 years ago
February 3, 2019
दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्धको तेस्रो तथा अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेलमा १४ रनले विजयी हुँदै नेपालले ३ खेलको टि-२० सिरिज २–१ ले जितेको छ ।
वर्षाले प्रभावित हुँदा खेल १० ओभरमा छोटाईएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले कप्तान पारस खड्का,सन्दीप जोरा र विनोद भण्डारीको उत्कृष्ट प्रर्दशनमा १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन बनायो । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा यूएई ९० रनमा समेटियो । यसअघि आडीआई सिरिज पनि नेपालले २ –१ ले जिततेको नेपाल दोहोरो उपाधि सहित स्वदेश फर्किने छ ।
नेपाललाई दोहोरो इतिहास रचाउन आजको खेलमा यी ४ खेलाडीले उत्कृष्ट प्रर्दशन गरे :
सन्दीप जोरा
पहिलो खेलमै ५३ रन बनाउदै विश्व कीर्तिमान बनाएका युवा खेलाडी सन्दीप जोराले नेपाललाई ऐतिहासिक उपलब्धि हात पार्न तेस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गरे । चौथो ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी २ रनमा आउट भएपछि मैदान छिरेका बोहोरा ९ ओभरको तेस्रो बलमा बोल्ड आउट हुनु पुर्व ११ बलमा महत्वपूर्ण २८ रन जोडे । जसमा ३ छक्का सामेल थियो ।
चौथो ओभरको पाँचौ बलमा सुल्तान अहमदलाई छक्का प्रहार गरे। सुल्तानलाईनै सातौ ओभरको अन्तिम बलमा पुन छक्का प्रहार गरे । ८ औं ओभरको ५ औं बलमा इमरान हैदरलाई छक्का हानेका जोरा ९ औं ओभरमो तेस्रो बलमा भने मोहम्मद नाविदको बोल्ड आउटको शिकार बने । जुन समय नेपाल बलियो अवस्थामा पुगि सकेको थियो ।
करण केसी
कुनै समय यूएई जित तर्फ लम्केको थियो । यूएई ७ ओभरमा ७३/३ को बलियो अवस्थामा थियो र उसलाई जितको लागि १८ बलमा ३३ आवश्यक पर्दथ्यो । ३ विकेट मात्र गुमाएको हुँदा जित पनि त्यति टाढा देखिदैनथ्यो । तर करण केसीले ८ औं ओभरको पहिलो बलमै सर्वाधिक ३० रन बनाई खेलि रहेका शाइमन अनवारलाई ज्ञानेन्द्र मल्लबाट उत्कृष्ट क्याच गराए ।
लगतै एक बलको अन्तरमा कप्तान मोहम्मद नाविदलाई पवन सरार्फबाट क्याच गराउदै डक आउट पेभिलिएन फर्काएपछि खेल नेपालको पक्ष्यमा आएको थियो । कसिलो बलिङ गरेका करणले २ ओभरमा मात्र १३ रन खर्चेर २ महत्वपूर्ण विकेट लिदै नेपालको ऐतिहासिक जित सहज बनाएका थिए । करण नै आजको खेलमा म्यान अफ द म्याच चुनिए ।
अभिनास बोहोरा
नेपाललाई ऐतिहासिक जित दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका बोहोरा “म्यान अफ द सिरीज” पनि चुनिए । गुलाम सब्बेरले पहिलो ओभरमा सन्दीपलाई १ छक्का र दुई चौका प्रहार गरेपछि नेपाल केहि दवावमा परेको थियो । पाँचौ ओभरमा बलिङ गर्न आएका बोहोराले चौथो बलमा शब्बेरलाई बोल्ड आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । शब्बेरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बटुलि सकेका थिए ।
पाँचौ ओभरमा १ विकेट सहित मात्र ७ रन खर्चेका बोहोराले अर्को महत्वपूर्ण विकेट ९ औं ओभरको पाँचौ बलमा लिए । उक्त विकेको रुममा विश्फोटक ब्याट्सम्यान मोहम्मद बूटालाई ११ रनमा आउट गरेपछि नेपाल ऐतिहासिक जित पक्का बनेको थियो।बोहोराले २ ओभरमा मात्र १६ रन खर्चेर दुई महत्वपूर्ण विकेट हात पारे ।
ज्ञानेन्द्र मल्ल
टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले यूएईविरुद्ध तीनै दर्शनीय क्याच लिंदै नेपाललाई जितको संघारमा पुर्याएका थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० बलमा ३० रन जोडेर खेलिरहेका शाइमानले करण केसीको बलमा गरेको लामो प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै अगाडीपट्टि डाइभ हानेर उत्कृष्ट क्याच लिए ।
नवौं ओभरको पाँचौ बलमा मोहमद बुटाले मिडविकेटतर्फ प्रहार गरेको लामो सटलाई पनि ज्ञानेन्द्रले बाउन्ड्रीनजिक उत्कृष्ट ढंगले समाउँदै नेपाललाई खेलमा कायम राखे । अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले लिएको क्याच भने सर्वोत्कृष्ट थियो । निकै लयमा रहेका सीपी रिजवानले सिधा बाउन्ड्रीतर्फ गरेको प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै बाउन्ड्री हुनलागेको स्थितिबाट डाइभ दिंदै एक हातले क्याच गरेका थिए ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]