6 years ago
February 3, 2019
सुबास हुमागाईं, दुबई
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध आइतबार भएको तेस्रो तथा अन्तिम टि-२० खेलमा १४ रनको रोमान्चक जित दर्ता गर्दै ‘टुर स्विप’ गरेको छ । यस जितसँगै टि-२० सिरिज २-१ ले कब्जा गरेको नेपालले यसअघि ओडीआई सिरिज पनि २-१ ले नै जितेको थियो ।
ओडीआई सिरिजमा पनि पहिलो खेल गुमाएको नेपालले सुखद पुनरागमन गर्दै २-१ ले सिरिज कब्जा गरेको थियो । सिरिजमाथि कब्जा जमाएको नेपालले व्यक्तिगत विधातर्फ पनि वर्चस्व नै जमायो । ओडीआईमा कप्तान पारस खड्काले म्यान अफ द सिरिज जित्दा टि-२० मा भने युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज भए ।
नेपालले जितेको दोस्रो ओडीआईमा सोमपाल कामी म्यान अफ द म्याच भएका थिए । निर्णायक खेलमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज पाए । टि-२० को दोस्रो खेलमा नेपाललाई जित दिलाउन महत्त्वपूर्ण ब्याटिङ प्रदर्शन गरेका दिपेन्द्रसिंहऐरी म्यान अफ द म्याच भएका थिए । त्यस्तै आइतबारको अन्तिम टि-२० मा करण केसी म्यान अफ द म्याच चुनिए ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]