default_image

6 years ago

February 3, 2019

‘ज्ञानेन्द्रको फिल्डीङले जिताएको खेल’

123 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपालले यूएईलाई टि-२० सिरिजको तेस्रो खेलमा १४ रनले पराजित गर्दा खेलको मुख्य आधार उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डीङ रहयो । ज्ञानेन्द्रले खेलमा तीन शानदार क्याच लिँदै नेपालको जित पक्का गरेका थिए ।

उनले लिएका तीनै क्याच दर्शनीय थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० बलमा ३० रन जोडेर खेलिरहेका शाइमानले करण केसीको बलमा गरेको लामो प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै अगाडीपट्टि डाइभ हानेर उत्कृष्ट क्याच लिए ।

नवौं ओभरको पाँचौ बलमा मोहमद बुटाले मिडविकेटतर्फ प्रहार गरेको लामो सटलाई पनि ज्ञानेन्द्रले बाउन्ड्रीनजिक उत्कृष्ट ढंगले समाउँदै नेपाललाई खेलमा कायम राखे । अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले लिएको क्याच भने सर्वोत्कृष्ट थियो । निकै लयमा रहेका सीपी रिजवानले सिधा बाउन्ड्रीतर्फ गरेको प्रहारलाई ज्ञानेन्द्रले लङ अनबाट कुद्दै बाउन्ड्री हुनलागेको स्थितिबाट डाइभ दिंदै एक हातले क्याच गरेका थिए ।

कप्तान पारस खड्का र ब्याटिङ कन्सल्टेन्ट उमेश पटवाल दुवैले खेलपछि बोल्ने क्रममा ज्ञानेन्द्रको क्याचको खुलेर प्रशंसा गरे । पटवालले त ज्ञानेन्द्रलाई खेलको ‘म्यान अफ द म्याच’ को हकदार नै रहेको बताए । उनका अनुसार ज्ञानेन्द्रसँग पटवालले आइतबार बिहानमात्र फिल्डीङले कसरी खेल जिताउन सकिन्छ भने विषयमा छलफल गरेको पनि बताए ।

‘आजको खेलमा मेरो लागि ज्ञानेन्द्र नै म्यान अफ द म्याच हुन् । आज विहान मात्र मैले ज्ञानेन्द्रसँग उसकै कोठामा लामो छलफल गरेको थिएँ । डेविड मिलरले १० रन मात्र जोडेको खेलमा फिल्डीङबाट म्यान अफ द म्याच जितेको उदाहरण दिएको थिएँ । खेलमा ज्ञानेन्द्रले जस्तो प्रदर्शन गरे, उनी नै खेलको म्यान अफ द म्याच हुन्,’ पटवालले भने ।

ज्ञानेन्द्रले लिएको क्याचका केहि तस्बिर र टोलीसँगको खुसियाली :

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.