6 years ago
February 3, 2019
दुबई – युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न सफल भयो । सुरुमा वर्षाका कारण खेल १० ओभरमा छोट्याइएको थियो । यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला आफ्नो नाममा पारेको छ ।
श्रृंखलामा जितका लागि १ सय ५ रनको लक्ष्य रक्षा गर्न उत्रेको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले २० रन खर्चिन पुगेका थिए । दोस्रो ओभरमा सोमपालले ९ रन दिंदै १ विकेट लिए भने तेस्रो ओभरमा करण केसीले १० रन दिए ।
सोमपालले फ्याकेको चौथो ओभरमा १२ रन बनाउंदै युएईले नेपालमाथि दबाब कायम गरेको थियो । तर पाचौं ओभरमा अभिनाश बोहोराले ७ रन दिंदै ओपनर घुलम साबेरको विकेट लिएपछी नेपाल खेलमा फर्किन खोजेको थियो ।
छैठौं ओभरमा बलिङमा फर्किदै सन्दीपले मोहम्मद उस्मानको विकेट लिंदै केवल ३ रन खर्चेपछि युएई ६१-३ को स्थितिमा पुगेको थियो । ललित राजवंशीले बलिङ गरेको सातौं ओभरमा युएईले १२ रन जोड्दा जितका लागि युएईलाई बाकिं ३ ओभरमा ३३ रन चाहिएको थियो ।
आठौं ओभरको पहिलो बलमै आक्रामक ब्याटिङ गरेका शाइमन अन्वरलाई करण केसीले आउट गर्न सफल भए । अन्वरले २० बलमा ३० रन जोडेका थिए । करणले फेरी तेस्रो बलमा कप्तान महम्मद नाभेदलाई शुन्यमै आउट गर्दा युएई संकटमा परेको हो । त्यस ओभरमा करणले केवल ४ रन खर्चिंदै युएईलाई दबाबमा राख्न सफल भए ।
नवौं ओभर बलिङ गरेका अभिनाशले सो ओभरमा ९ रन दिंदै १ विकेट लिन सफल भए । युएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका ललितले पहिलो दुई बलमा विकेट लिए र ५ रन मात्र खर्चिंदै नेपालको जित सुनिश्चित पारे ।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा आएका थिए । तर पहिलो ओभरको तेस्रो बलमा कुनै रन नजोडी पवन पभेलियन फर्के भने सो ओभरमा नेपालले कुनै रन जोड्न सकेन ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन जोड्दै तेस्रो ओभरमा बोल्ड आउट हुन पुगे । लगत्तै चौथो ओभरमा दोस्रो टी-२० खेलका नायक दीपेन्द्र सिंह ऐरी २ रन जोड्दै आउट भएसँगै नेपाल २३-३ को कठिन स्थितिमा पुगेको थियो ।
त्यसपछि पारसलाई साथ दिन आएका सन्दिप जोरा र पारसको १३ बलमा ३३ रनको आक्रामक साझेदारीद्वारा नेपालको पारीले गति लिएको थियो । कप्तान पारस १४ बलमा २९ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । सोही ओभरमा पारसले १ छक्का र १ चौका समेत प्रहार गरेका थिए । नवौं ओभरमा सन्दीप जोरा २८ रनमा आउट भएका थिए । ११ बलको सामना गरेका उनको पारीमा ३ छक्का सामेल थियो ।
१० रन जोडेका करण अन्तिम ओभरमा बाउन्डरीमा उत्कृष्ट क्याचमार्फत आउट भए भने विनोद भण्डारी र सोमपाल पनि अन्तिम दुई बलमा आउट हुन पुगेका थिए र कुनै रन नजोडी सन्दीप लामिछाने अवजित रहेका थिए । प्रदीप ऐरीको स्थानमा सुरुवाती ११ मा अटाएका विनोदले १३ बलमा २१ रन जोडदै २ चौका र १ छक्का समेत प्रहार गरेका थिए ।
ओडिआईमा २-१ को जितपश्चात टि-२० को पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो । ओडिआईमा पनि नेपालले पहिलो खेल हार्दै पुनरागमन गरेको थियो ।
नेपालको प्रदर्शनबारे के भन्नु हुन्छ?
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]