default_image

9 years ago

April 19, 2016

वार्नरको कप्तानी पारीको मद्दतले हैदरबाद विजयी

89 views

0 Bookmark

इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत हिजो भएको खेलमा सनराइजर्स हैदरबादले मुम्बइ इन्डिएन्सलाई सात विकेटले पराजित गरेको छ|

451119-david-warner123-afp

पहिलो ब्याटिङ्ग गर्दै बिसओभरमाा १४२/६को स्कोर खडा गरेको मुम्बइको लागि अम्बाटी रायडु र हार्दिक पाण्ड्याले आकर्षक पारी खेले| रायडुले ५४ रन बनाए भने पाण्ड्याले २८ बलमा अविजित ४९ रन बनाए| हैदराबादका लागि स्रानले ३ विकेट लिए|

१४३ रनको लक्ष्य पछ्याएको वार्नरको टिमले कप्तानको पारीसंगै जित सहजै हात पार्यो| ओपनरका रुपमा आएका वार्नरले ५९ बलमा अविजित ९० रन बनाएपछि जित सम्भव भएको थियो| दिपक हुडाले अन्त्यमा ९बलमा १७ रन बनाएपछि २.३ओभर बाँकि रहँदै मुम्बइको हार पक्का भएको थियो|

November 16, 2024

सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने

धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ । छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। […]

November 16, 2024

क्रिस काठमाडौं गुर्खाजको ‘लोकल आइकोनिक प्लेयर’

काठमाडौं (हाम्रो खेलकुद) – क्रिस कार्कीले काठमाडौं गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । पूर्व क्रिकेटर शशी केशरीले स्थापना गरेको वान डे क्रिकेट एकेडेमी काँडाघारीमा शनिवार भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा क्रिसले काठमाडौं गुर्खाजमा स्थान पक्का गरेका हुन् । काठमाडौं गुर्खाजले […]

November 16, 2024

चितवनको ट्यालेन्ट हन्ट- दोस्रो चरणमा ३५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ। राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम […]

Success

Thank you for your time.